२०७७, २४ भाद्र बुधबार १७:२२

प्यूठान जिल्ला अदालतको बैतनिक वकिलमा : गिरी

लोकेन्द्र सुनार-प्यूठान जागरण
भाद्र २४ । आर्थिक तथा बिपन्न व्यक्तिको कानूनी व्यवसायीको रुपमा सहयोग गर्ने बैतनिक वकिलमा झिमरुक गाउँपालिका ७ निवासी अधिबक्ता निमा गिरी नियुक्त हुनु भएको छ । भाद्र २१ गतेका दिन १ वर्षका लागी निशुल्क कानूनी सेवा दिनका लागी गिरीलाई जिल्ला अदालत प्यूठानले नियूक्त गरेको हो ।

आर्थिक रुपमा कमजोर भई आफ्नो मुद्दाको प्रतिरक्षा गर्न कानुन ब्यवसायी राख्न नसक्नेले अदालतमा निबेदन गर्नु पर्ने र जिल्ला न्यायाधीश, श्रेस्तेदारको सिफारिसमा बैतनिक वकीलले उक्त ब्यक्तिको मुद्वामा निशुल्क बहस गर्ने बैतनिक वकिलले गर्नु पर्ने गिरीको भनाई छ । कारागारका थुनुवा तथा बिपन्न अन्य बाहिर रहेका व्यक्तिहरु कानूनको वकालतमा आर्थिक समस्या भएमा राज्यले दिएको निशुल्क कानूनी साहायताका लागी अदालतमा जानकारी गराउन गिरीको अनुरोध छ ।

जिल्ला अदालत प्यूठानमा करिब २७ वर्ष पछि महिला बैतनिक वकिल बनेकी गिरीले प्यूठान जागरण डटकमसंग कुरा गदै भन्नुभयो “जिल्लामा कानूनी परामर्शको लागी लाइसेन्सवाला महिला भएता पनी अदालतमा नियमित अभ्यास गर्ने नहुदा पीडित महिलाले आफ्नो मनको कुरा खुलेर राख्न सक्ने बाताबरण नभएकोमा आफुले महिला दिदि बहिनिहरुको कानुनी बिषयमा सहज पँहुच हुने गरी काम गर्ने बताउनु भयो ।”

बिपन्न, आर्थिक स्थीति कमजोर भएकाहरुको लागी निशुल्क कानूनी सेवा दिन प्यूठानका ९ वटै स्थानीय तहमा समन्वय गरी वकिलको काम कर्तव्यको बिषयमा जानकारी दिने, स्थानीय तहका न्ययिक समितिमा सूचना अधिकारी संग छलफ गर्ने, सुचना बोर्ड राख्न अनुरोध गर्ने, कानुनी सहायता समिति तथा अदालत सगं सम्बन्धित सरोकारवाललाई समन्वय गरी आफुले कार्य सम्पादन गर्ने गिरीले बताउनु भयो

२०५१ सालमा मनोहरी श्रेष्ठ पहिलो महिलाको रुपमा जिल्ला अदालत प्यूठानमा बैतनिक वकिलको रुपमा रहेको तथ्याङ्क भेटिएको श्रेतेदार बिरेन्द्र प्रकाश खडकाले जानकारी दिनु भयो । जिल्ला अदालतको माताहतमा रही जिल्लामा कानूनी सेवा ल्याउन नसक्नेहरुका लागी निशुल्क बहशका लागी बैतनिक वकिल नियूक्त गर्ने खड्काको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *