२०७७, २६ भाद्र शुक्रबार १४:१५

प्यूठान जागरण संबाददाता
प्यूठान, २६ भाद्र । प्यूठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो सहित परिमार्जन गरिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले एक बिज्ञाप्ती जारी गरी जिल्लामा स्वास्थ्यको मापदण्ड अनुसार सार्बनिक सबारीका साधनहरु जोर बिजेर प्रणालीमा सञ्चालन गर्न अनुमति दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

सवारीमा चढ्ने सर्बसाधारणलाई अनिवार्य स्यानिटाईजर, मास्क लगायर मात्र सवारी साधनमा हिडन भनिएको छ । यस्तै कुनै पनि सभा सम्मेलन गर्न नपाउने, सबै प्रकारका पसल खुल्न पाउने तर अनिबार्य स्यानिटाईजरको प्रयोग गरी सामाजिक दुरि ब्यबस्था गर्ने, सवारीमा सिट क्षमता भन्दा आधा राख्ने लगायतका निर्णय गरिएको प्रजिअ भुषाल द्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले विकास निर्माणका सहजीकरण गरिने र सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्न नपाईने निर्णय भएको छ । होटल खुल्ला रहे पनि प्याकेट बेच्न पाउने तर राखेर खुवाउन नपाईने निर्णय भएको प्रजिअ भुषालले जानकारी दिनुभयो । बजार तथा होटलमा मापदण्ड पुरा नगरी सञ्चालन गर्नेलाई बजार अनुगमनमा भेटिएमा तत्काल शिल गर्ने र कावाही समेत गरिने निर्णय भएको छ । लामो समय बन्द रहेका जिल्लाका होटल तथा अन्य बजार खुल्न थाले पछी चहल पहल बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *