२०७७, २६ भाद्र शुक्रबार १५:१८

प्यूठानका स्थानीय तहमा जस्तापाता बितरण गरिदै

संसेर नेपाली
भाद्र, २६ । प्रतिनिधि सभा सदस्य सांसद दुर्गा पौडेलको पहलमा प्यूठानमा एक हजार सात सय ६ घर धुरीमा फुसका छाना बिस्तापित गरी जस्तापाता लगाउन बजेट व्यवस्था भएको एक बिज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

बिहिबार सांसद पौडेलको निजि सचिवालयले बिज्ञप्ती मार्फत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहमा खरका छाना हटाउने र जस्तापाता लगाउने बजेट व्यवस्था भएको भनिएको छ ।

प्यूठान जागरण डटकम संग कुरा गदै सांसद पौडेलले भन्नुभयो “शहरी विकास मन्त्रालयमा यस वर्ष २ हजार ४ सय घरधुरीको लागि माग गरेकोमा १ हजार ७ सय ६ घरधुरीको लागि स्वीकृत भएको छ । प्यूठानमा अहिले पनी धेरै जसो खरका छाना भएका घर धुरी रहेकाले बजेट माग गरि जस्तापाता बितरण गर्ने योजना रहेको सांसद पौडेलको भनाई छ । नेपाल सरकारले कार्यान्वयन कार्यविधि निर्माण गरि कार्यक्रम अगाडी बढाएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समिति संयोजक तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले गौमुखी गाउँपालिकामा ५० घरधुरी, झिमरुक गाउँपालिका २ सय घरधुरी, प्युठान नगरपालिका २ सय घरधुरी, नौबहिनी गाउँपालिका २ सय २० घरधुरी, मल्लरानी गाउँपालिका १ सय ६६ घरधुरी, माण्डवी गाउँपालिका १ सय घरधुरी, ऐरावती गाउँपालिका ३ सय २० घरधुरी, स्वर्गद्वारी नगरपालिका २ सय ५० घरधुरी सरुमारानी गाउँपालिका २ सय घरधुरीमा खरको छाना हटाएर जस्ता लगाउने कार्यक्रम तय भएको सांसद पौडेलको निजि सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *