२०७७, २७ भाद्र शनिबार १२:०५

स्थानीय तहको सहमतिमा मात्र पास दिइने

प्यूठान जागरण संबाददाता
भाद्र, २७ । उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सहमति अनिवार्य हुने भएको छ । जिल्ला प्रंशासन कार्यालय काठमाडौंले अत्यावश्यक अवस्थामा उपत्यका बाहिर जाने सवारी साधनको पासका लागि गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र तथा स्थानीय तहको सहमतिको पत्र अनिवार्य चाहिने निर्णय गरेको हो ।

पासका लागि निवेदन दिँदा नै यी कागजपत्र पेस गर्नुपर्नेछ हुन्छ । दाहसंस्कार, कर्मचारीको सरुवा लगायत अत्यावश्यकीय कामका लागि मात्र उपत्यका बाहिर जान दिइने जिल्ला प्रशासन कार्यालय काठमान्डौले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

त्यसका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्नेछ । कोरोना महामारी बढ्दै गए पछि यसको नियन्त्रणका लागी यस्तो कदम चाल्नु परेको पं्रशासनको भनाई छ । पछिल्लो समयमा काठमान्डौ उपत्यकामा दिनहु जसो कोरोना संक्रमण बढ्दै गएकाले थप सतर्कता नअपनाएमा स्थिति भयाभह हुने बिज्ञहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *