२०७७, २७ भाद्र शनिबार १८:३३

दलित सवालमा एकताबद्ध हुन प्यूठानका अगुवाहरु सहमत

प्यूठान जागरण संबाददाता
भाद्र, २७ । प्यूठानमा रहेका दलित अगुवाहरुको भर्रचुअल बैठक गरी बिभिन्न दलित सवाल र समस्याका बिषयमा शनिवार छलफल गरिएको छ । बैठकमा दलितका सवाल र समस्या बिषयमा कुरा राख्दै दलित अगुवा जितामित्र सुनारले समग्र उत्पीडित दलित समुदायको मुक्तिका लागी राजैनिक व्यवस्थाबाट हल गर्न सकिने हुँदा राजनैतिक नेतृत्वमा संबेदनशिल हुनु पर्ने बताउनु भएको छ ।  सुनारले हिन्दु वर्णाश्रमबाटै दलित जातिमा समस्या थुपर्ने जाती व्यवस्था भएको देखिएकाले राज्यको संबिधान तथा कार्यान्वय पक्षलाई कडाईका साथ पालन गराउन दलित अगुवा जुटनु पर्ने औल्याउनु भयो ।

यस्तै दलित समुदायको उत्थानका लागी बजेट व्यवस्था गर्न तथा दलितका समस्यामा सहकार्य गर्न आफु तयारी भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुल्सा सुनारले बताउनु भयो । सुनारले भन्नुभयो मलाई यस्तो पदमा रहदा पनी केहीले धम्की दिने, अपहेलना गर्ने गर्छन भने अरु दलितको अबस्था कहाँ छ अनुमान गर्न सकिन्छ ।
सामुदायिक रेडियो प्रशारक संघ अकोराबका केन्द्रिय उपाध्यक्ष भुवन सिहले केही अगुवा भन्नेहरुले दलितको नाम बेची आफु माथी जाने स्वार्थको काम गरेका उदाहरण दिदै यस्ता कुराबाट सतर्क हुनु पर्ने औल्याउनु भयो ।

उद्यम बिकास सहजकर्ता संघ प्यूठानका अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष शान्ता बिकले जिल्लामा दलितको क्षेत्रमा भएका बिकास निमार्णको प्रभावकारीता तथा उपलब्धीलाई अनुगमन गरी दिर्घकालिन बिकासमा संस्थागत गर्न जोड दिनु पर्ने बताउनु भयो ।
नेपाल दलित मुक्ति अभियानका केन्द्रिय सदस्य सन्तोष बिकले कुनै पनी दलितका मुद्धामा साझा धारणा बनाई एकताबद्ध हुनु पर्ने आजको आबस्यकता भएको बताउनु भयो । साथै बिकले निस्वार्थ भावनाका साथ दलित मुक्ति आन्दोलनमा लाएकाले आफुलाई शंका नगरी साथ दिन जिल्लाका दलित अगुवामा अनुरोध समेत गर्नुभयो ।

बैठकमा न्यूज 24 टेलिभिजन प्यूठानका रिपोटर तथा रेडियो प्यूठानका स्टेशन म्यानेजर लोकेन्द्र सुनार, नवज्योती ग्रामिण दलित बिकास केन्द्रका महासचिव शंसेर नेपाली, एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठानका सचिव प्रबिण बिक लगायतले सयुक्त राजनैतिक दलित संघर्ष समिति प्यूठानलाई अझ मजबुद बनाई सबै दलित संघ संस्थाले सहयोग गरी साझा प्रतिबद्धताका साथ अगाडी बढ्नु पर्ने भनाई राख्नु भएको थियो । सहभागीहरुले आगामी दिनमा यस्ता छलफल आबस्यक रहने भएकाले सबै दलितका अगुवाहरु जागरुक भई लाग्नु पर्ने शुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *