प्यूठान बारको अध्यक्षमा मल्ल निर्वाचित

प्यूठान जागरण डटकम
असोज, २ प्यूठान । सम्पुर्ण कानून व्यवसायीहरुको साझा पेशागत संगठन नेपाल बार यशोसिएसन जिल्ला अदालत बार इकाई प्यूठानको आठौ साधारण सभा तथा अबिधेशनको उद्घाटन गदै नेपाल बार यशोसियसनका केन्द्रिय सदस्य अधिबक्ता डा. सिबराज पण्डितले नेपाल बार र अदालत बेन्च बिचको सम्बन्ध अझै सुदृढ बनाउन अपरिहार्य रहेको भन्दै न्यायको पहुँचबाट टाढा रहेका न्यायका उपभोक्ताहरुलाई उचित सम्बोधन गर्न बारले अग्रभूमिकामा रहेर काम गर्न पर्ने बताउनु भएको छ ।
यस्तै उदघाटन कार्यक्रमका बिषेश अतिथि प्यूठान जिल्ला अदालतका न्यायाधीश बिष्णु प्रसाद गौतमले नेपाल बार अदालतको प्रमुख अङ्ग रहेको उल्लेख गदै न्यायधीश गौतमले न्यायलय प्रतिको जनआस्थालाई उच्च बनाउन बारको प्रभाबकारी भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य, जिल्ला अदालतका श्रेस्तेदार उप–सचिव बिरेन्द्रप्रकाश खडका, सहायक जिल्ला न्याधिबक्ता जनक प्रसाद घिमिरे, नेपाल लेखापढि कानून व्यवसायी सघंका जिल्ला अध्यक्ष बोधिप्रसाद पोख्रेल लगायतले नेपाल बार यशोसिएसन जिल्ला अदालत बार इकाई प्यूठान न्यायको प्रभावकारी सम्पादनका लागी महत्वपूर्ण भूमिका रहने भएकाले जिल्लामा समन्वय गरी काम गर्न शुझाव दिनु भएको थियो ।
उद्घाटन शत्रको अध्यक्षता कार्यबाहक अध्यक्ष बिदुर मल्लले गर्नु भएको थियो भने सञ्चालन सचिव माधव प्रसाद श्रेष्ठको रहेको थियो साथैे स्वागत मन्तव्य टिकाराम आचार्यले राख्नु भएको नेपाल बार यशोसियसन जिल्ला अदालत बार इकाइ प्यूठानले जनाएको छ ।
यस्तै आगामी २ वर्षे कार्यकालका लागी नेपाल बार यशोसिएसन जिल्ला अदालत बार इकाई प्यूठानमा अधिबक्ता बिदुर मल्लको अध्यक्षमा शुक्रबार खंलगा प्यूठानमा भएको आठौ जिल्ला अधिबेशन तथा साधारण सभाले ७ सदस्यीय जिल्ला कार्य समिति सर्ब सम्मतले चयन गरेको छ ।
जसको उपाध्यक्षमा अधिबक्ता माधव प्रसाद श्रेष्ठ, सचिवमा अधिबक्ता टिकाराम आचार्य, सह–सचिवमा अधिबक्ता माधवा सुबेदी, कोषाध्यक्षमा अधिबक्ता महेन्द्र प्रसाद न्यौपाने चयन हुनु भएको छ भने सदस्यमा बरिठ अधिबक्ता रामेश्वर सुबेदी र अधिबक्ता नवराज भण्डारीलाई सर्बसम्मत निबिरोध निर्वाचित गरिएको प्रमुख निर्वाचन अधिकृत, जिल्ला अदालत प्यूठानका श्रेस्तेदार बिरेन्द्र प्रकाश खडकाले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो । नेपाल बार यशोसियसनको केन्द्रिय पार्सदमा अधिबक्ता मेघराज भट्टलाई चयन गरिएको खडकाले बताउनु भयो ।