जातीय बिभेद अन्त्यका लागी सबै हातेमालो गर्न आबस्यक

प्यूठान जागरण संबाददाता
असोज, २ प्यूठान । खंलगामा भएको एक कार्यक्रमलाई सम्बोधन गदै दलित बिचको एकता मजबुद बनाई जातीय हक अधिकारका लागी लाग्नुपर्ने गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनारले बताउनु भएको छ । बिभेदका मुद्धामा जिल्ला प्रशासन, प्रहरी लगायत मुद्धा हेर्ने निकाय गम्भिर हुन सुनारले आग्रह समेत गर्नु भएको हो । जातिय बिभेद अन्त्यका लागी सबै हातेमालो गर्न आबस्यक रहेको उहाँको भनाई थियो ।
जातिय बिभेदका मुद्धामा आफु गम्भिर भएर लाग्ने प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनु भएको छ । शुक्रबार खंलगामा एक कार्यक्रमलाई सम्बोधन गदै प्रजिअ भुषालले दलित हिनताबोध नभई समाजमा केही गर्न हातेमालो गरी लाग्नु पर्ने बताउनु भएको हो । प्यूठान दलितका सवालमा सजक र अगाडी रहेको भन्दै प्रजिअ भुषालले जातिय भेदभाव गर्नेलाई कानूनले नछोडने भएकाले यसमा कुनै शंका नगरी विभेद अन्त्य गर्न आफु कठिबद्ध रहेको बताउनु भएको थियो । कतिपय सामाजिक तथा साँस्कृतिक कुरा समाजबाट एकैचोटी फाल्न केही समय लाग्ने भएकाले अभियान निरन्तर हुनु आबस्यक रहने औल्याउनु भयो । दलितका घटनामा आफुले सकेसम्मको सहयोग गर्न तप्पर रहेको प्रमुख जिल्ला अधिकारी भुषालले बताउनु भयो ।
कार्यक्रममा एकिकृत नेपाल राष्टिय बिश्वकर्मा समाज प्यूठानका अध्यक्ष तथा पत्रकार लोकेन्द्र सुनारले नितिगत कानूनी प्रकृया राज्यले बनाए पनी दलितका मुद्धा ओजेलमा परेको गुनासो गर्नु भएको थियो । राजनितिक खिचातानीमा दलितको ओकालत गर्ने निकाय राष्ट्रिय दलित आयोग अहिले पनी भागभण्डा नमिल्दा सरकारले अनिर्णयको बन्दी बनाई रिक्त्त आयोग पदपूर्ती गर्न ढिलाई गरेको आरोप लगाउनु भयो ।
प्राय दलितका घटना राजनितिकरण भई राजनैतिक दबावमा मेलमिलाप गराउनु, राज्यले आबस्यक अनुसन्धानमा ध्यान नदिनु, अदालतमा गएर झुटो बयान गराई मुद्धा कमजोर बनाउनु, राष्ट्रिय दलित आयोग सकृय नहुनुले २१ औ सताब्दीमा आउदा मानिस भएर बाच्न पाउने अधिकारको लडाईमा दलित जाती उभिनु परेको सुनारले बताउनु भयो । उहाँले भन्नुभयो बिश्व नंया–नंया खोजी नितिमा जुटदै गर्दा हामी नेपाली एकले छोएको पानी अर्कोलाई नचलाउने कुसंस्कारको भ्रामक संकारमा बिस्वास गर्दा समाज पछाडी परेको कुरा घाम जस्तै छलङ्ग भएको छ ।
कार्यक्रममा कानूनको परिपालना गर्न गराउन तथा शान्ति सुरक्षाका लागी सधै सकारात्क रही अगाडी बढ्ने प्रहरी नायव उपरिक्षक जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुनील मल्लले बताउनु भएको छ । कानून बिपरित काम गर्ने जो कसैलाई पनी नछाडने मल्लले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै नेपाल दलित मुक्ति अभियानका केन्द्रिय सदस्य सन्तोष बिकले अझै पनी दलित भएकै कारण जातियताका आधारमा कुटपीट गरी ज्यानै समेत लिने कार्य भएकोमा दुख व्यक्त गदै आगामी दिनमा यस्ता कार्य रोक्न सरकार संग जोडदार माग गर्नुभयो ।दलितका मुद्धामा कुनै पनी राजनैतिककरण नगरी बिशुद्ध तरिकाले घटनाको सत्य तथ्य बाहिर ल्याउन राज्य लाग्न शुझाव दिनुभयो ।
दलितको हक अधिकारको लागी केही बजेट छुटीने तर प्रतिफल नआउने राज्यले दलितका समस्यामा देखाउने उदाशिनताले अझै पनी दलितका समस्या धेरै रहेको नवज्योती ग्रामिण दलित बिकास केन्द्रका महासचिव शंसेर नेपालीले बताउनु भयो । दलित तथा गैर दलित बिचको मानवताको व्यवहार छुतअछुत नभई समान गराउन राज्य कानूनको पालना गराउन डटेर लाग्नपर्ने धारणा नेपालीले व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने सहभागीले दलितको नाममा देशमा भएका हत्या हिंसा रोकी पिडितलाई उचित क्षतिपूति दिनुपर्ने माग गदै आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन सरकार सचेत रहनु पर्ने धारण राखेका थिए ।
प्यूठानका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रहरी नायव उपरिक्षक सुनिल मल्ल, शसस्त्र प्रहरी नायव उपरिक्षक योग्य बस्नेतलाई जिल्लामा स्वागत तथा परिचयात्मक कार्यक्रम सयुक्त रुपमा एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठान, नवज्योती ग्रामिण दलित बिकास केन्द्र प्यूठान, नेपाल सुन चाँदी व्यवसायी सघं प्यूठान, नेपाल दलित मुक्ति अभियान प्यूठानले शुक्रबार खंलगामा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको स्वागत मनतव्य एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठानका सचिव प्रबिण बिकले गर्नुभएको थियो भने सञ्चालन रेडियो कृपालुका प्राबिधिक प्रमुख पत्रकार कमल बिकको रहेको कार्यक्रममा जिल्लाका दलित अगुवा, दलित संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।