बाग्दुला ठूलाबेशी सडक मर्मत हुदै : सांसद पौडेल
लोकेन्द्र सुनार
असोज, ३ प्यूठान । बाग्दुला भिमगिठे सडकको ठेक्का समस्याका कारण पहिलेको टेण्डर रद्द भएर यो वर्षको बजेटमा पुनः टेन्डर हुने व्यवस्था गरिएको प्रतिनिधि सभा सदस्य सांसद दुर्गा पौडेलले जानकारी दिनुभएको छ । पून टेन्डर गर्नको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको उहाँले बताउनु भयो ।
हाल बर्खायामका कारण बादुला देखि ठूलावेशी सम्मको बाटो बिग्रेको र भत्केको हुनाले आवतजावतमा कठिनाइ भएको सवारी चालकले गुनासो गरेका छन् । प्रतिनिधि सभा सदस्य दुर्गा पौडेल र अखिल (छैठौं) केन्द्रिय अध्यक्ष अध्यक्ष विमल पोखरेलले भौतिक योजनामन्त्री वसन्त नेम्वाङसँग भेट गरी उक्त बाटो तत्काल मर्मत गर्ने माग गर्नुभएको थियो । टेण्डरमा प्रकृयामा समय लाग्ने भएकाले केही समय लाग्ने मन्त्री नेम्वाङले बताउनु भएको अखिल छैठौका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभयो ।
मर्मत योजना अनुसार ५० लाख बराबरको रकम छुट्याइ बाग्दुलादेखि ठूलावेशी सम्मको मोटरबाटो मर्मत गर्नको लागि पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत् काम अगाडि बढेको र छिट्टै मर्मतको काम अगाडि बढ्ने सांसद दुर्गा पौडेलको भनाइ छ । उक्त सडक मर्मतका लागी पूर्वाधार विकास कार्यालयसँग नियमित समन्वय भएको पौडेलले बताउनु भयो ।
पौडेलको सचिवालयबाट भौतिक योजनामन्त्री वसन्त नेम्बाङ, प्रक्रिया अगाडि बढाइदिने सडक विभागका महानिर्देशक केशवराज शर्मा, सडक डिभिजन कार्यालयका प्रमुख सुशील ढकाल र पूर्वाधार विकास कार्यालय, रोल्पालाई सडक मर्मतमा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेको छ ।
बाग्दुला देखी अन्तरजिल्ला जोडने यो महत्वपूर्ण सडकबाट गुल्मी, अघाँखाची, बाग्लुङ्ग, अन्य जिल्ला जान सहज मानिने कतिपयको भनाई छ । यो बाटो स्तरउन्नती भई कालोपत्रे गर्न सकेमा बिभिन्न जिल्लाबाट आउने, जानेक्रम बढन सक्ने अनुमान गर्न सकिन्छ ।