अव्यवस्थित घर निमार्ण र प्लटिङले गर्दा झिमरुक फाँट मासिदै

लोकेन्द्र सुनार
असोज, ११ । प्यूठानको खेती योग्य जमिन झिमरुक फाँट अव्यवस्थित घर निमार्ण तथा प्लटिङले गर्दा खाद्यन्न उप्जानी घटदै गएको छ । जिल्लाको बाग्दुला देखी बिजुवार, जुम्री र क्वाडी सम्मको कृषि उपजको लागी राम्रो मानिने फाँट दिनहु जसो घर निमार्ण र प्लटिङले गर्दा अहिले उत्पादनमा हास्र आएको छ ।
प्यूठानको उत्पादको मुटु मानिने फाँटमा सरकारको ध्यान नपुग्दा केही समयमा घर निमार्णभई भरीभराउ हुने स्थिति देखा परेको छ । आफुसंग भएका उत्पादिन जमिनको सदुपयोग नहुदा बर्षेनी प्यूठानमा ठूलो परिणाममा खाद्यान्न, तरकारी आयात हुदै आएको छ ।
प्यूठान जिल्लाको खेति योग्य भूमि दिनहु मासिदै गएको चिन्ता प्रकट गदै कृषक तथा नागरिक समाजले यसको व्यवस्थापनमा ध्यान दिन आग्रह गदै ३ खेति बली उत्पादन गर्न सुझाव सहित प्यूठान नगरपालिकामा निबेदन पेश गरेका छन् । प्यूठान नगरपालिकाले कृषि बिज्ञ राखेर छलफल गरी झिमरुक फाँट मासिन बाट जोगाउन पहल गर्नुपर्ने कृषक तथा नागरिक सरोकार समाजका संयोजक सुमन सुबेदीले आग्रह गर्नुभयो ।
स्थानीय तहले कृषि उपजका लागी संभावित बालिहरुको अध्यायन गरी धान, गहु, मकै, तोरी, तरकारीवाली उत्पादन गर्न सकिने भएकाले प्यूठान नगरपालिकाले सुन्दर फाँट जोगाउन ढिला गर्न नहुने बताउदै कृषिको क्षेत्रमा आधुनिक खेती प्रणालीमा जोड दिन एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रम प्यूठानका प्रमुख डा. उत्तम आचार्यको भनाई छ ।
बस्ती बिकासलाई व्यवस्थीत गरी झिमरुक फाँटको उत्पादन बढाई जिल्लालाई आबस्यक खाद्यन्न तथा तरकारीबाली उत्पादन गर्न प्यूठान नगरपालिकाको आव ७७।०७८ को निति तथा कार्यक्रममा समेटीएको तर कार्यान्वयन हुन भने बाकी रहेको छ । यसै सन्दर्भलाई लिएर प्यूठान जागरण डटकम प्यूठान नगरपालिमा पुगी उपप्रमुख शान्ता आचार्यलाई अव्यवस्थीत बस्ती बिकास र प्लटिङ गर्ने कामले झिमरुक फाँट कङग्रीट बन्दै गएको हो त भन्ने प्रश्नमा आचार्यले सरकारले कित्ताकाटको निर्णय गर्ने हामी छुटै तरिकाले निति नियम बनाई कडाई गर्न समस्या रहेको र सरकारको भूउपयोग निति कमजोर रहेको बताउनु भयो ।
साथै आचार्यले प्लटिङ गरी सिमित व्यक्तिले फाइदा उठाउने तर भोलीको दिर्घकालिन बाटो, बिद्युत, नाला व्यवस्थित गरी कृषि उत्पादन गर्न हामी ध्यान दिन नसकेमा जिल्लाले ठूलो संकट व्यहोर्ने उल्लेख गर्नुभयो । प्यूठानको पिडाल्ने, मच्छी, दम्ती, खप्रयाङखोला, बाग्दुला, बिजुवार, जुम्री र दाखाक्वाडी क्षेत्रलाई व्यवस्थित गर्न स्थानीय तह कडाईका साथ नलागेमा कृषि तथा खाद्यान्न उपभोगका लागी जिल्ला बाहिरको मुख ताक्नुको अन्य बिकल्प नहुने स्थानीय कृषकहरुले बताउदै आएका छन् ।