कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानद्वारा १४ करोडको बजेट सार्बजनिक

लोकेन्द्र सुनार
असोज १३, प्यूठान । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले आर्थिक वर्ष ७७।०७८ को लागी १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ । प्यूठानका नौ वटा स्थानीय तहमा कृषि तथा पशु सेवा सम्बन्धी कार्यका लागी सघको शसर्त अनुदान सहितका कार्यक्रम सार्बजनिक गदै स्थानीय तह संगको समन्वयमा कार्यालयले कार्यक्रम सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
कृषक समुह, फर्म, कृषि सहकारी तथा समितिहरुलाई व्यवसायीक बनाई जिल्लालाई कृषिमा आत्मा निर्भर बनाउन कार्यक्रम फलदायी हुने जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले बताउनुभयो । आचार्यले समय र परिस्थितीको माग अनुसार चल्ल सकेमा देश बिकास गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदन थापाले विवेकपूर्ण तरिकाले जिल्लाका सबै स्थानीय तह संग मिलेर कार्यक्रम सञ्चालन गर्न पर्ने शुझाव दिनुभएको थियो । नेपालको कृषि प्रणालीलाई जीबनमूखी नभई व्यवसायीक तरिकाले गर्न सकेमा राम्रो प्रतिफल आउने बताउदै देश समृद्धिका लागी कृषि क्षेत्रको योगदान अतुलनीय रहने बिश्वास प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले व्यक्त गर्नुभयो ।
कोरोना भाइरस कोभिडका कारण बाहिरबाट आएका यूवाहरुलाई देशमा कृषि कार्यमा लगाउन योजना बनाउनुपर्ने प्रजिअ भुषालले शुझाव दिनुभएको थियो । सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहले लगानी गरेका कृषि तथा पशुसेवा सम्बन्धी कृयाकलापमा दोहोरोपन आउन नदिन एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठान र स्थानीय तह बिच समन्वय गरेर अगाडी बढने निर्णय समेत भएको छ ।
बास्तबिक किशानको हात सम्म कृषिका अनुदान सहितको कार्यक्रम पु¥याउन कार्यक्रमका सहभागीले सुझाएका थिए । प्यूठानका नौ वटा स्थानीय तहमा व्यवसायीक तरकारी खेती, बाख्रापालन, खाद्यान्नवालीका बीउ उत्पादन, पुष्प खेती, कागती र जुनार खेती, अदुवा बेसार, रैथालेवालीहरु कोदो, फापर, आलु, लगायतका हिउदे तथा बर्खे व्यवसायीक बालीहरु लगाई जिल्लालाई आत्मनिर्भर गराउन सकिने एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानका कार्यालय प्रमुख डा. उत्तम आचार्यको भनाई थियो ।