२०७७, १६ आश्विन शुक्रबार ०९:३६

लोक दोहोरीकी रानी चरी दुराको प्रमुख भूमिकामा मौलिक गीत मोरै माटै मुनि

लोकेद्र सुनार
प्यूठान, असोज १६ । लोक दोहोरी क्षेत्रकी रानी चरी भनेर चिनीने बिमा कुमारी दुरा र शब्द संगीतका प्रर्खर तथा आलाप रेकडिङ्ग स्टुडियोका सञ्चालक झलक संगीतम लगायतका कलाकारको समुहले मौलिक बास्तविक कथानक गीत मोरै माटै मुनि बजारमा सार्बजिक गरिएको छ ।
नेपाली आमाका सन्तानहरु बिदेशको भूमिमा जान अन्जानमा जेल परी पाएका रिदय बिदारक घटना, सिमा सुरक्षामा खटिएका सुरक्षा बलका बेदना, कोरोना भाइरसले गर्दा पारेका समस्या गीतको भिडियोमा देख्न सकिन्छ ।

नजिकिदै गरेको महान चाडबाड दशै तिहारमा आमाले आफ्ना सन्तानहरुलाई सम्झदै फोनमा बेदना पोख्दै गरेको दृश्य कारुणीक बास्तविक घटना उठाउन खोजिएको छ । लोक दोहोगी क्षेत्रको अभिभावक कलाकार बिमा कुमारी दुरालाई आमाको भूमिकामा देख्न सकिन्छ भने बिदेशमा कष्टपूर्ण जेल जिवन बिताएको भूमिकामा झलक संगीतम रहनु भएको छ ।

सीमा क्षेत्रमा सुरक्षामा ज्यू ज्यानलाई मृत्यूको तराजुमा राखी खटिएका सुरक्षाबलको चार्डवाडमा घर आउन नपाउदाको पीडा त्यस्तै बास्तबिक देखिन्छ भने कोरोना भाइरसबाट मेडिकल क्षेत्रका डाक्टर नर्सलाई परेका पीडा बेदनाहरु पनी अत्यन्तै मार्मिक कथानक छन् ।
नजिकिदै गरेको पर्वमा कति नेपाली आमा बुबाहरु बिदेश तथा अन्य काममा रहेका आफ्ना सन्तानलाई सम्झेर रुदै गर्दा यो गीत हेरेका कलाकार तथा अन्य भिडियो हेर्ने मानिसले सायद यस्ता गीत बिरलै बजारमा आउने भएकाले गीत सुनेर एक चोटी सबै नेपालीलाइ रुवाउने कतिपयको भनाई छ ।

गीतको स्वरमा बहुचर्चित गायिका बिमा कुमारी दुरा, बहुचर्चित गायक प्यूठानी भूमिमा जन्मनु भएका गायक, सर्जक, मोडल झलक संगीतम, चर्चित गायिका टिका पुन, कलाकार दिपक सुनार, डिबी कार्कीको आवाजमा अडियो तयार गरिएको हो । शव्द निमार्ण, एरेन्ज, तथा अडियो मिक्सीङ्ग झलक संगीतम, गीतको लय डिबी कार्की, बासुरी गोपाल देब सारङ्गी धर्म गन्धर्व, मादल पोषण घर्ति, रेकङ्गिक्स दिपक सुनार आइडी रहनु भएको गीत आलाप रेकडिङको अफिसीयल यूटुब च्यानल मार्फत बजारमा आएको छ ।  गीतको भिडियो निर्देशन झलक संगीतम, उत्पादन प्रमुख डिबी कार्की, भिडियो सम्पादन बिष्णु शर्मा, छायाङ्कन करण चैसीर, अन्य कलाकार हुम बिसी, सागर बिसी, सक्षम पुडासैनी, बिनोद घिमिरे, माधप राहुत, राजेन्द्र अर्यालको पनी भूमिका रहेको गीतका निर्देशक झलक संगीतमले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *