मायाकाे सम्झनामा श्रद्धाञ्जली सभा

चक्र बहादुर सुनार
असोज, १६ प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका नारिकोटमा गत साउन १४ गतेका दिन मृत भेटिएकी माया बिकको सम्झनामा श्रद्धाञ्जली सभा बुधबार सम्पन्न भएको छ । अखिन नेपाल महिला संघ नारिकोट गाउँ कमिटिको आयोजनमा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गदै अखिल नेपाल महिला सघं प्यूठानकी अध्यक्ष पदमा पण्डितले माया बिकको श्रीमान द्धारा गरिएको रिदय बिदारक हत्यालाई गम्भिर रुपमा आफुहरुले लिएको बताउदै हत्या गर्ने र अन्य सहयोग गर्नेलाई सरकार संग हदै सम्मको कावार्हीको माग गर्नुभएको थियो ।
अन्यायमा परेका महिला सबै जाति समुदायलाई न्यायको ढोका सधै खुल्ला रहनु पर्ने पण्डितको भनाई रहेको थियो । पण्डितले यस्ता समाजमा भएका सबै खाले बिभेद तथा हिंसालाई जरै देखि उखेलेर फाल्न सबै एकताबद्ध भई लाग्न जोड दिनु भयो । माया बिकको दाजु कृष्ण बहादुर सुनारले श्रद्धाञ्जली सभामा बोल्दै बर्बर दमन गरी तडपाएर बहिनीको हत्या आफ्नै श्रीमानले गरेको प्रहरीमा किटारी जाहेरी दिएकोमा ज्वाई हरी बिकले प्रहरीमा हत्या स्बीकार गरको जानकारी दिनु भएको थियो ।
बहिनीले छोरी जन्माए पछि ज्वाईले अपहेलना गदै बहिनीलाई कुटपिट तथा तनाव दिदै आएको आफुलाई थाहा भएको उल्लेख गर्नुभयो । साथै कृष्णले बहिनिको आत्मा शान्तिको लागी आफु दोषीलाई कडा भन्दा कडा कावार्हीको लागी जस्तो सुकै अबस्थामा पनी पछि नहटने बताउनु भएको थियो । श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भरत केसी, अखिल नेपाल यूवक संघका केन्द्रिय सदस्य तथा जिल्ला सचिव बरुणध्वज मल्ल, अखिल नेपाल महिला सघं प्यूठानकी सचिव कमला न्यौपाने, अखिल नेपाल महिला सघंकी जिल्ला सदस्य मधु जिसी, राष्टिय जनमोर्चा नारिकोट गाँउ कमिटिका उपाध्यक्ष हुकुम बहादुर थापा लगायतले मन्तव्य राख्दै मानिसको हत्या गर्ने जो कोहीलाई पनी कानूनले छुट नदिने भन्दै माया बिकको हत्यारालाई नेपाल सरकार संग कडा कावार्हीको माग गरेका थिए ।
साथै जव सम्म अपराधिलाई सजाय हुदैन तव सम्म मायाको आत्मा शान्तिका लागी परिवारका लागी जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका थिए । सभामा जम्मा भएका सबैले अपराधिलाई काबार्ही गर, सम्पुर्ण महिला एक हौआ, माया बिकलाई न्याय दिउ, भन्दै नारा लगाएका थिए । माया बिकको सम्झनामा १ मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ नारिकोट गाँउ कमिटि अध्यक्ष सीता थापाको थियो भने सञ्चालन राजमो गाँउ कमिटीका सचिव चक्र बहादुर केएमको रहेको थियो ।
यतै हत्या आरोपमा माया बिकका श्रीमान उनका ससुरा पुडके बि.क, र स्थानीय पवन सार्कीलाई जिल्ला कारागार चलान गरिएको छ । साउन १४ गते आफ्नै घरमा श्रीमतिको हत्या गरि खाटमुनी राखी अर्को दिन खाल्डोमा शब पुरेर पुन निकाली बाबु र स्थानीय पवन सार्कीको सहयोगमा मायाका श्रीमान हरीले झिमरुक नदी किनार पातीआल्ना बगरमा अर्को दिन राती पुराएको प्रहरी समक्ष स्बीकार गरेका थिए ।