२०७७, १६ आश्विन शुक्रबार १६:५७

प्यूठान जागरणका सल्लाहकार डा. बिश्वकर्मा राजदुतमा सिफारिस

लोकेन्द्र सुनार
असोज, १६ प्यूठान । प्यूठान जागरण डटकमका सल्लाहकार डाक्टर निर्मल बिश्वकर्मा बिहिबार बसेको मन्त्री परिषदको निर्णयले दक्षिण अफ्रिकाको राजदुतमा सिफारिस गरेको छ ।  सरकारले १२ देशको राजदूतमा बिकलाई सिफारिस गरेको हो । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुका डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका अतिरिक्त बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मोरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको नेपाल सरकारले जानकारी दिएको छ ।

कपिलबस्तुको बुद्धभूमि नगरपालिका ९ मा बिक्रम सम्बत २०२८ सालमा जन्मिएका बिकलाई ४ वर्षका लागी राजदुत सिफारिस गरेको हो । लामो समय अध्यायन अन्बेषणमा लागेका बिक बौद्धिक क्षेत्रमा अब्बल मानिने कतिपयको भनाई छ । २०५६ सालमाबन बिज्ञान अध्ययन सँस्थान, केन्द्रिय क्याम्पस पोखराबाट स्नातक उतिर्ण हुनुभएका बिकले त्रिभुवन बिश्वविद्यालयबाट ग्रामीण विकासमा स्नाकोत्तर प्रमाणपत्र हासील गर्नु भएको छ । उहाले बेलायतको कम्व्रीया विश्वविद्यालय, वेलायतमा अनुसंन्धानमा आधारीत स्नाकोत्तर प्रमाणपत्र अध्ययन गर्नु भएको थियो ।

बिस २०७२ सालमा ज्यूरीक विश्वविद्यालय, स्वीजरल्याड र काठमाडौं विश्वविद्यालयको सहकार्यमा अन्तराष्ट्रिय खाद्य सहयोग, सामाजिक समावेसीकरण र गरिबी सवालमा बिद्यावारिधी हासील गर्नु भएको छ । राष्ट्रिय दलित आयोगको अध्यक्षको रुपमा आउन सक्ने आकलन गरेका थिए बिकलाई नेपालल सरकारले राजदुत सिफारिस गरेको छ ।

१० जना खुल्ला प्रतिस्पर्दाका लागी दलित आयोगमा नाम दर्ज भएका मध्ये योग्यताक्रममा बिकलाई एक नम्बरमा लिएको जानकारहरुले बताएका छन् ।  नेकपा एमालेको २०६७ सालबाट अहिले सम्म आउदै गर्दा बिदेश बिभागको सदस्यको रुपमा काम गदै आएको बिकले एमालेको अग्रेजी मुखपत्र न्यूइराको सम्पादन मण्डलका सदस्य समेत भएर काम गर्नु भएको थियो । प्यूठान जागरण डटकमका सल्लाहकार रहेका बि.कको बिदेश कुटनिति नियोग पूर्ण सफलताको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *