२०७७, २२ आश्विन बिहीबार १४:४१

चौध जना स्वास्थ्यकर्मी सहित अर्घाखाँचीमा २२ जनामा कोरोना पुष्टि

माधब खनाल
असाेज,२२ ।  अर्घाखाँची अस्पतालका १४ जना स्वास्थ्यकर्मी सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका पाँच जना चिकित्सक, ९ जना स्वास्थ्यकर्मी र ८ जना समुदायस्तरका गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।

चार दिन अगाँडी डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो । स्वास्थ्यकर्मीमा कोरोना देखिए पछि जिल्ला अस्पतालबाट प्रदान हुने अत्यावश्यक र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवा सोमबार देखि बन्द गरिएको छ । अस्पतालका डाक्टर देखी कार्यालय सहयोगी समेतलाई कोरोना देखिएपछी सिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भई रेहको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब पठाइएकोमा १४ जना अस्पतालकै कर्मचारीमा संक्रमण पुष्टी भएको हो । आज थपिएका सँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकारी विनय बरालले जानकारी दिनुभयाे ।

४ दिन अघि राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वल, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक डिएपी माधवप्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती मेजर अशोक कुमार थापा क्षेत्री, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा लगायतका व्यक्तिमा कोरोना पुष्टी भएको थियो । कोरोनाका कारण अर्घाखाँचीमा ४ जनाको मृत्यु भईसकेको छ । शितगंगा नगरपालिकाका दुई जना, भुमिकास्थान नगरपालिकाका एक र मालारानी गाउँपालिकाका एक जनाको कोरोनाकै कारण ज्यान गईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *