राष्ट्रिय दलित पत्रकार सघं नेपाल प्यूठानको भेला सम्पन्न स्वर्गीय सुर्य बिक पत्रकारिता पुरस्कारका लागी २ लाख अक्षकोषको घोषणा

सागर रिजाल: प्यूठान जागरण
कात्तिक, १ प्यूठान । राष्ट्रिय दलित पत्रकार सघं नेपालका केन्द्रिय अध्यक्ष पुर्व सासंद बिनोद पहाडीले कसै संग नकारात्मक प्रतिस्पर्दा नभई सहकार्य गरेर दलित हक अधिकारका लागी मिलेर जाने उद्धेश्यले राष्ट्रिय दलित पत्रकार सघं नेपाल गठन भएको बताउनु भएको छ । शनिबार प्यूठान आउनु भएका पहाडीले आम सञ्चारमा दलितको प्रतिनिधित्व गराउन, तथा समाजमा रहेको अन्धबिश्वासलाई चिरेर जान कमल चलाउने स्रोतका लागी आफुले जिल्लामा शाखा बिस्तार गरेको उल्लेख गर्नुभयो । अझै पनि दलितका घटनाले केन्द्रिय मिडियामा खासै प्राथमिकता नपाउने गरेको पहाडीले गुनासो गर्नुभयो ।
दलित समुदायका मानिसहरु रोजगारका लागी भारत तथा तेस्रो मुलुकमा जाने तर शिक्षा तथा सञ्चार क्षेत्रमा जोडिन नसकिरहेको अबस्थामा दलितको मिडियमा उपस्थिती कम रहेको बताउनु भयो । जाने बुझेका दलित समुदायमा व्यक्ति अब समाज रुपान्तरणमा अग्रभागमा नआए सम्म दलितका समस्या यथावत रहने बताउनु भयो । आर्थिक सामाजिक क्रान्ति द्धारा समाजका रहेको कुरिती बिरुद्ध आवाज उठाउन लाग्नु पर्ने आबस्यकता रहेको पहाडीको भनाई रहेको थियो ।
प्यूठानमा जन्मिएर छोटो समयमा दलित पत्रकार तथा अन्य सामाजिक रुपान्तरणमा अत्यन्तै सम्झना गर्ने पर्ने स्वर्गीय सुर्य बहादुर बिकको नाममा २ लाख बराबरको अक्षकोष निमार्ण गरी लुम्बीनि प्रदेशमा दलितको क्षेत्रमा राम्रो गर्ने पत्रकारलाई प्यूठान शाखामा ल्याएर सुर्य बिक पत्रकारिता पुरस्कार प्रदान गर्न केन्द्र, प्रदेश र जिल्लाले काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै जिल्ला भेलालाई सम्बोधन गदै प्रमुख जिल्ला अधिकारी खीमराज भुषालले दलितका समस्यामा आफु निकै गम्भीर भएर काम गर्ने बताउनु भएको छ । नेपालको संबिधान अनुसार दलित समुदायका लागी दिएका हक अधिकार कार्यान्वयमा आफु सधै सकारात्मक भएर काम गरेको बताउनु भएको थियो । प्यूठान जिल्ला सबै हिसाबले सचेत रहेको बताउदै प्रजिअ भुषालले मिडियामा जिल्लाका दलित पत्रकार, अगुवाहरुको उपस्थिति अत्यन्तै राम्रो रहेको बताउनु भयो ।
सामुदायिक रेडियाे प्रशारक सघंका केदिय उपाध्यक्ष भुवन सिहले दलितका समस्या कानुन बन्दा पनी हल नभएकाे हुँदा यसकाे चेतनाका लागि पत्रकार नागरिक समाज सबै एक जुट हुनु पर्ने बताउनु भयो । वर्ग व्यवस्थाको आधारमा परम्परा चलाएकाले मानब जातिले यसको अन्त्य गर्न सकिने हुँदा हामी नै सचेत भएर लाग्नु पर्ने बताउनु भयो ।
पत्रकार महासघं प्यूठानका अध्यक्ष महाबिर रानाले दलित जाति माथीको अमानबिय छुवाछुत व्यवहारलाई सबै मिलेर हटाउनु पर्ने बताउनु भएको थियो । रानाले राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखा संग सहकार्य गरेर आफुले सके सम्मको सहयोग गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले नेपालमा मुलुकी ऐन बाटै छुवाछुत प्रथा हटेको भनिएता पनी अझै पनी जातिय छुवाछुतको घटना घट्नुले आफु दुखी भएको बताउदै दलित मुक्ति अभियानमा प्यूठानको पत्रकार महासघं साथमा रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सयुक्त राजनैतिक दलित सर्घष समिति प्यूठानका संयोजक गोपाल बिकले देशमा दलित माथी जस्तै नवराज बिक लगायतका घटनाले राम्रो न्याय नपाएको भन्दै यस वर्षको दशै तिहार नमनाउने घोषणा गर्नुभएको थियो । नेपाल दलित मुक्ति मोर्चा अभियानका केन्द्रिय सदस्य सन्तोष बिकले सबै दलितहरु एक जुट भएर लागेमा समाजको छुवाछुत जस्तो अमानबिय कार्यलाई फाल्न सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।
यसैबिच
राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखा प्यूठानको ऐतिहासीक जिल्ला भेलाले लोकेन्द्र सुनारलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । शनिबार आयुष्मा होटल जुम्रीमा भएको जिल्ला भेलाले १३ सदस्य रहेको जिल्ला समिति गठन गरेको हो ।
जिल्ला भेलाले उपाध्यक्षमा कमल बि.क सचिव बोम बहादुर परियार, कोषाध्यक्ष बिन्दु परियार, सहसचिव रबिन बिक चयन गरेको छ । यस्तै सदस्यमा कुलचन्द्र बिक, सुरेन्द्र नेपाली, सिता बिक, ज्योती बि.क, गन बहादुर बि.क पेस्तोल, प्रेम बिक, केन्द्रप्रकाश पीबिलाई चयन गरेको र एक सदस्य जिल्ला समितिले मनोनित गर्ने नव र्निबाचित अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिनु भयो । भेलाले भुवन सिहको संयोजकत्वमा सुनिल सापकोटा, शंसेर नेपाली, राम बहादुर बिकलाई सल्लाहकारमा मनोनित गरेको छ ।
समाजमा हुने बिभेदलाई अन्त्य गर्न आफुहरु शसक्त भएर कलम चलाउने तथा दलित समुदायका यूवा यूवतीहरुलाई सञ्चार क्षेत्रमा जोडी समाजमा रहेको कुस्कार तथा कुरिती बिरुद्ध चेतना जगाउन प्रोत्साहन गर्ने अध्यक्ष लोकेन्द्र सुनारले बताउनु भएको छ ।
साथै सुनारले प्यूठानको पत्रकार महासघं स्थापना गर्ने स्वर्गीय सूर्य बहादुर बिकको दलित आन्दोलन तथा पत्रकारितामा पु¥याएको योगदानलाई कदर गदै लुम्बीनी प्रदेशमा जातिय बिभेद र दलित मुक्तिको लागी राम्रो काम गरी कलम चलाउने जो कोहीलाई पनी पुरस्कृत गर्ने गरी जिल्लामा २ लाख बराबरको अक्षकोष निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
२०५८ सालमा पत्रकार महासघं प्यूठानको संस्थापक सभापती हुन भएका बिकको कार दुर्घटनामा रुपन्देहीमा निधन भएको थियो । सामाजिक आन्दोलन, दलित आन्दोलन, उद्योगी व्यवसायी, पत्रकार महासघं प्यूठानको नेतृत्वमा पुगेर कुशल तथा अन्य क्षेत्रमा निकै लोकप्रीय बनेका बिकको ४३ वर्षको उमेरमा निधन भएको थियो । २०७६ सालमा स्थापना भएको राष्ट्रिय दलित पत्रकार सघंको ६३ औं जिल्ला शाखाको रुपमा प्यूठान रहेको केद्रिय अध्यक्ष पूर्व सांसद बिनोद पहाडीले प्यूठान जागरण डटकमलाई जानकारी दिनभयो ।
शनिबार सम्पन्न भएको जिल्ला भेलामा राष्ट्रिय दलित पत्रकार सघ नेपालका लुम्बीनी प्रदेश अध्यक्ष चिन्ता परियार, सोही प्रदेशका सल्लाहकार संजिव गहतराज, दलित महिला संघ प्यूठानका जिल्ला अध्यक्ष लक्ष्मी परियार, एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठानका महासचिव प्रबिण बिक, सिलाई कटाई व्यवसायी सघं प्यूठानका अध्यक्ष खुम बहादुर परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता लोकेन्द्र सुनार, स्वागत मनतव्य प्रेम बिक र सञ्चालन कमल बिकको रहेको थियो ।