२०७७, ५ कार्तिक बुधबार १५:३०

‘यसपालिको दशै मान्न घरै आउनु कान्छा’ गीत सार्वजनिक

काठमाडौँ । गीत संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ । दशैं विशेष गीतहरु जसले दशैंको माहोललाई सांगीतिक बनाउँछ । साहित्यकार पदम विश्वकर्माले पनि ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा ’बोलको गीत सार्वजनिक भएको छ । साहित्यकार पदम विश्वकर्माको शब्द र राम कार्कीको सगीत अनि कृष्ण भक्त राईको स्वरमा रहेको ‘यसपालिको दशै मान्नघरै आउनु कान्छा’ बोलको गीत बजारमा सार्वजनिक भएको हो ।

यसपालिको दशै मान्न घरै आउनु कान्छा, कसैगरी टिका थाप्न घरै धाउनु कान्छा , घरै धाउनु कान्छा, यसपालिको दशै मान्न ’ केटाकेटी लालाबाला कति खुशी होलान् , महिना दिनै बस्ने गरी छुट्टी ल्याउनु कान्छा । यसपालिको दशै मान्न लगायतका मन छुने शब्दभाब गीतमा रहेका छन् ।

दशै विशेष बोलको गीत रंगीन टिभी नामक युट्युव मार्फत सार्वजनिक भएको छ । अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा अनवरत रुपमा नेपाली साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा लागि पुर्न भएको छ । अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष भइसकेका विश्वकर्मा बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष समेत भई सकेका बिकको गीतले चर्चा कतिपयले गरेको पाइन्छ ।

नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकारका रुपमा तथा जातीय भेदभाव विरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्ष भइसकेका साहित्यकार पदम विश्वकर्मा ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’का अध्यक्ष हुनु हुन्छ ।

त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले साहित्यकार डा.अम्वेडकर अन्तर्रराष्ट्रिय पुरस्कार–२०१८ लगायत केही विशिष्ट पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् । विश्वकर्माको ‘तमसुक’ कथा संग्रह र शब्द सुमन कविता संग्रह पुस्तक प्रकासित छ । यस अघि साहित्यकार विश्वकर्माको शब्दमा सोच तिम्रो शीर्षकको गीत सार्वजनिक भइसका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *