राष्ट्रिय संगीत कर्मी सघं लुम्बीनी प्रदेशले जिल्ला, प्रदेश अधिबेशनको तयारी गर्दै

प्यूठान जागरण संबाददाता
प्यूठान, कात्तिक १६। राष्ट्रिय संगित कर्मी सघं लुम्बीनी प्रदेशले जिल्ला तथा प्रदेश, जिल्ला अधिबेशन गर्ने तयारी गरेको छ । गएको १५ शनिबार भर्चुअल बैठक मार्फत जिल्लाहरुको अधिबेशन मंसिर महिनामा गराउने र पौष महिना भित्रमा प्रदेशको अधिबेशन गराउने निर्णय भएको संघका लुम्बीनी प्रदेश अध्यक्ष लोकमणी भुषालले जानकारी दियो ।
राष्ट्रिय संगीत कर्मी सघं लुम्बीनी प्रदेशका अध्यक्ष लोकमणी भुषालको अध्यक्षता बसेको बैठकले प्रदेशमा रिक्त रहेको महासचिव, सचिव, पदमा क्रमश, पूर्णचन्द्र परियार, दुर्गा नेपाललाई सर्बसम्मतले निर्णय गरेको छ । सघंका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकममा दिपावली, छट, नेपाल सम्बतको शुभकामना आदान प्रदान गरिएको थियो ।
सघंका केन्द्रिय सदस्य तथा लुम्बीनी प्रदेश इन्चार्ज, थानेश्वर अधिकारीको सन्चालनमा भएको बैठकमा जिल्लाका पदाधिकारी, सघंका केन्द्रिय महासचिव, बिक्रम जंग शाह, उपाध्यक्ष, अमृत खाती, अध्यक्ष राजेन्द्र कुमार कार्की लगायतले कोरोना भाइरसबाट संगीत कर्मी सघंमा परेका समस्या, आगामी दिनमा कसरी अगाडी बढ्ने बारे छलफल समेत भएको केन्द्रिय सदस्य तथा लुम्बीनी प्रदेश इन्चार्ज थानेश्वर अधिकारीले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभयो ।