२०७७, २१ कार्तिक शुक्रबार ०८:०६

भन सरकार नारी अब कसको गर्ने भर ?

कविता
ब्युझना पुन देवकोटा, वाफिकोट गाउँपालिका रुकुम (पश्चिम )


शान्ति अनि सुरक्षाको प्रत्याभुती भैन !
कति बेला के हुने हो ? कसैलाइ थाहा छैन !
छोरीलाई आफ्नै बाबाको हुन थाल्यो डर !
भन सरकार नारी अब कसको गर्ने भर ?
छ बर्षिया बालिका त्यो बलात्कृत हुदा !
अझै कम्जोर बनाइ दिन्छ्न न्याय माग्दै रुदा !
धेरै भन्दा धेरै आउछन अत्याचारी केस !
किन हुन्नँ न्याय यहाँ कहाँ पुग्यो देश !!
आँखा भरी आँसु झर्यो हेर त्यो नारीको !!
हुनू पर्छ अन्तिम संस्कार अत्याचारीको !!
आफ्नै देश भित्र अब कहिले सम्म डर्ने !
कुकुर सरह दिनदाहाडै नारी कति मर्ने !!
आज एउटा भोलि एउटा मरेकी छन् नारी !!
कति दिन बचाइ राख्छौ यस्ता अत्याचारी !
मिल्नु पर्यो जनतालाई देशमा सुरक्षा शान्ति !
निर्दोष मारी दिन दिनै गर्छौ कति क्रान्ति !
संविधानमा लेख्या कुरा कुन्नि कहाँ गए ?
लाख रुपैयाँ धरौटीमा कसुर मुक्त हुने भए ?
कति हुन्छ सहनशीलता नारी भित्र हेर !!
सक्छौ संबिधान लागू गर होइन भने फेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *