२०७७, २१ कार्तिक शुक्रबार १६:५२

आयुर्वेद स्वास्थ्य केन्द्रले तिन स्थानमा नागरिक आरोग्य केन्द्र सञ्चालन गदै

लोकेन्द्र सुनार
कात्तिक, २१ । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खंलगा प्यूठानको बार्षिक कार्यक्रम अनुसार शुक्रबार बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम खंलगामा सम्पन्न भएको छ । कार्यालयले गत आर्थिक वर्षको कुल बजेट ९१ लाख ४२ हजार आएकोमा ८१ लाख २१ हजार १ सय आठ रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षका लागी ६८ लाख ५५ हजार बजेट प्राप्त भएको कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशबराज आचार्यले स्थानीय तह संग साझेदारी गरेर काम गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई सुझाव दिनु भएको छ । आचार्यले मेहनत गरी समाजमा आयुर्वेद औषधी बारे राम्ररी बुझाउन जरुरी रहेको बताउनु भएको थियो ।

कार्यक्रममा कोरोना भाइरसमा बेला कार्यालयबाट निशुल्क रुपमा क्वारेन्टाइनमा गई योगा तथा औषधी बितरण गर्ने काम भएको कार्यालय प्रमुख डाक्टर रमेश कुमार केसीले बताउनु भयो । सबै स्थानीय तह संग समन्वय गरेर अगाडी बढेने योजना रहेको प्रमुखको भनाई छ ।
यस्तै बरिष्ठ कबिराज निरिक्षक शिसिर पोख्रेलले कार्यालयमा भए गरेका कृयाकलाप प्रस्तुत गदै ऐरावति गाउँपालिका, माण्डबी गाउँपालिका र झिमरुक गाउँपालिकामा मंसीर देखी लागु हुने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुन लागेको प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो ।

स्वास्थ्य प्रर्वद्धनात्मक, योग जिबनशैली, बिद्यालयका शिक्षक बिद्यार्थी मार्फतको अभियान, स्वास्थ्य शिबिर, तालिम, लगायतका कुरामा यस वर्ष प्राथमिकतामा पारेको कार्यालयले जानकारी दिएको छ । कार्यक्रमका सहभागीहरुले आयुर्वेद स्वास्थ्यलाई प्रभावकारी बनाई यसको महत्वलाई निकै बुझाउन आबस्यक रहेको बताएका थिए ।

कार्यक्रममा कबिराज निरिक्षकहरु क्रमश घनश्याम न्यौपाने, ओभिराम भण्डारी, बिष्णु थापाले जिल्लाका अन्य ठाँउमा भएका आयुर्वेद कृयाकलापहरु प्रस्तुत गर्नु भएको थियो । प्यूठानका स्थानीय तहका प्रमुख, अध्यक्ष, कार्यालय प्रमुख, पत्रकार लगायतको उपस्थितिमा स्वास्थ्य सर्तकताको माण्डदण्ड अपनाई जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम भएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानका प्रमुख डाक्टर रमेश कुमार केसीको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशबराज आचार्यको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको सञ्चालन कबिराज निरिक्षक टुक बहादुर रोकाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *