२०७७, १ पुष बुधबार ११:३९

राष्ट्रिय संगीतकर्मी संघ प्यूठानको अधिबेशन सम्पन्न

प्यूठान जागरण डटकम
मंसिर, ३०, प्यूठान । राष्ट्रिय संगीतकर्मी संघ प्यूठानको पहिलो अधिबेशनबाट बिकल्पको बाटो भेटिछौ एल्बमका गायक लोकेन्द्र सुनारको अध्यक्षतामा १३ सदस्य रहेको जिल्ला समिति निमार्ण गरी सम्पन्न भएको छ ।

मंगलबार जुम्री प्यूठानमा आयोजीत राष्ट्रिय संगीतकर्मी संघ प्यूठानको अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा रिख बहादुर सामत, प्रथम उपाध्यक्षमा राजबहादुर नेपाली, महिला उपाध्यक्षमा संगिता नेपाली, सचिवमा रबिन्द्र सुनार, कोषाध्यक्षमा देविलाल बिश्वकर्मा, र प्रवक्तामा खकेन्द्र रावल चयन हुनु भएको छ भने सदस्यहरुमा मुना के.सी., बालकृष्ण भट्ट, बेगिमाया के.एम., बिन्दु परियार, प्रकाश बस्नेत चयन हुनु भएको हो ।

यस्तै एक रिक्त्त सदस्यलाई आगामी बैठकमा मनोनित गर्ने संघका अध्यक्ष लोकेन्द्र सुनारले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो ।
यस्तै संघको पहिलो अधिबेशनको अबसरमा सघंको बैठकले तुकमान सिंह कार्कीको संयोजकत्वमा ४ सदस्य रहेको जिल्ला सल्लाहकार समिति गठन गरेको छ जसको सदस्यमा निर्मलादास नकर्मी, यादव भण्डारी, राममणी थापालाई चयन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!