२०७७, १८ चैत्र बुधबार १०:०३

बिकास पत्रकारिताबाट सुनार पुरस्कृत

प्यूठान जागरण डटकम
चैत्र,७ । प्यूठानको बिकास पत्रकारितामा उल्लेख्य योगदान गरेको भन्दै प्यूठान जागरण डटकमका प्रधान सम्पादक लोकेन्द्र सुनारलाई एक गैर सरकारी संस्थाले नगद, प्रमाणपत्र सहित पुरस्कृत गरेको छ ।

जिल्लाको प्रतिष्ठित संस्था फुलबारी एकिकृत ग्रामिण बिकास संस्थाले आफ्नो २७ औ स्थापना दिवशको अबसरमा सुनारलाई बिकास पत्रकारितामा खेलेको भूमिका अत्यन्तै सकारात्मक भएको मुल्याङ्कन गदै पुरस्कृत गरिएको संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले बताउनु भयो ।

एक दशक प्यूठानमा बसी पत्रकारिता गदै आएका सुनार सामुदायिक रेडियो प्यूठानका स्टेशन मेनेजर, न्यूज २४ टेलिभिजनका प्यूठान संबाददाता, राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष समेत हुनु हुन्छ ।
एक दशक जिल्लामा पत्रकारिता मार्फत आफुले बिकास, आर्थिक, सामाजिक, साँस्कृतिक तथा अन्य क्षेत्रमा जाने बुझेको सहयोग गदै आएको पुरस्कृत सुनारले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो ।

संस्थाको २७ औ स्थापना दिवशको अबसरमा बोल्दै सुनारले पत्रकार पनि अरु मानिस सरह भएकाले सामाजिक रुपमा लुकेर रहेका घटनालाई संञ्चार सम्म पु¥याउन पत्रकारलाई सक्दो सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
कार्यालय, संघ, संस्थामा भएका बेतिथीहरु पत्रकारले सञ्चार माध्याममा ल्याएकै कारण पत्रकारिता जगतलाई नकरात्मक टिका टिप्पणी नगरी बरु आफ्नो काम गतिविधिलाई सुधार गरेर लैजाने तर्फ ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

सामान्य नागरिकले मुबाइलमा खिचेको फोटो, भिडियोलाई आधार र प्रमाण बनाएर मूलधारका सञ्चार माध्यामले समाचार बनाएको स्मरण गराउदै सुनारले तपाई हामी सबै जिम्मेवार भएर समाज रुपान्तरणमा लाग्नु पर्ने सुनारले भन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *