२०७८, ६ श्रावण बुधबार १२:००

१ करोड १२ लाखको बीमा गराई, मनाए जिसीले जन्मदिन

प्यूठान जागरण संवाददाता
श्रावण, ५÷कोहलपुरका ललित बहादुर जिसीले आफ्नो ४५ औं जन्मदिनको अबसरमा महालक्ष्मी लाईफ इन्स्योरेन्समा एक बिमा गरी मनाएका छन् । पछिल्लो समय बिमा बजारमा अति लोकप्रीय कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको साबधिक जीवन बीमा, १ करोड १२ लाखमा खरिद गरी जन्म दिन फरक तरिकाले मनाएको जिसीले बताउनु भएको छ । उहाँले भन्नुभयो “जीवन लामो छ पछि पर्ने समस्यालाई मध्यनजर गरी जीवन बीमा गरी जन्मदिन मनाएको छु ”। अन्य फजुल खर्च गर्नु भन्दा जन्मदिनमा जीवनमा पर्ने समस्यालाई ध्यान दिदै बीमा गर्न उचित ठानेको जिसीले बताउनु भयो ।

शाखाका सीनियर एजेन्सी म्यानेजर सुरेन्द्र बहादुर कुँवरको सकृयतामा जिसीले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड कोहलपुर शाखामा गई बिमा गर्नु भएको थियो । महालक्ष्मी लाईफ इन्स्योरेन्सका सबै बीमा योजना राम्रा भएकाले बजारमा सकारात्मक प्रतिकृया पाएको सीनिएर एजेन्सी म्यानेजर कुँवरको भनाई छ ।

बिमा गराई जन्मदिन मनाउने ललित बहादुर जिसीलाई बीमा योजना पोलिसी हस्तान्त्रण गदै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले जीवनमा सुरक्षा र बचत निकै आबस्यक पर्ने भएको उल्लेख गदै जन्मदिनमा सिर्जनात्मक कार्य गर्ने बिमित जिसीलाई बिमा पोलिसी हस्तान्त्रण गर्नु भएको थियो ।

आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमानको जन्मदिनका साथै छोरा छोरीको विवाहमा सामाजिक कार्य गर्ने, बिमा उपहार लिने, दिने चलन पछिल्लो समय महालक्ष्मी लाईफ इन्स्योरेन्समा बढेको कोहलपुर शाखाका प्रमुख जय प्रकाश उपाध्यायले प्यूठान जागरणलाई जानकारी दिनु भएको छ । बिमितले चाहे जस्तो बिमा योजना आफ्नो कम्पनीमा भएकाले महालक्ष्मी लाईफ इन्स्योरेन्समा बिमितको आर्कषण बढेको उपाध्यायले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!