२०७८, ३२ श्रावण सोमबार ०९:१८

छोरीको जन्मदिनमा बीमा उपहार

प्यूठान जागरण संवाददाता, श्रावण,३०

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गुलरिया शाखाका एजेन्सी म्यानेजर ध्रुव सलामीले आफ्नो छोरीको जन्मदिनमा जीवन बिमा उपहार दिई मनाउनु भएको हो । जीवनमा बचत र सुरक्षा दुबै हुने हुँदा जन्मदिनमा हुने फजुल खर्च नगरी जीवन बीमा उपहार दिएको सलामीले प्यूठान जागरणलाई जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो भबिष्यमा पढ्दा वा अन्य केही कार्य गर्दा बीमा बचतले आर्थिक समस्यालाई पनि समाधान गर्न सकिने बताउनुभयो । बिमित कशिष ढकाललाई बीमा पोलिसी हस्तान्तरण गदै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रमुख तेजेन्द्र न्योपानेले पछिल्लो समय महालक्ष्मीमा जन्मदिनको अबसरमा बीमा दिने सख्या बढेको उल्लेख गदै जीवनमा परी आउने सुरक्षा तथा बचतका लागी बीमा अति आबस्यक हुने बताउनु भएको थियो । यस्तो संस्कारले हामीले गर्ने कैयौ जन्मदिनका खर्च रचनात्मक कार्यमा खर्च गर्दा समाजमा राम्रो सन्देश जाने बताउनु भयो ।

कम्पनीका गुलरिया शाखा प्रमुख खुमेश सुबेदीले बिवाह तथा जन्मदिनमा बीमा उपहार दिने प्रचलन निकै प्रसंसनिक कार्य भएको भन्दै बीमा सबैको उपहारको रोजाईमा परेको बताउनु भयो । सुबेदीले बीमा पोलिसी हस्तारन्तरण कार्यक्रममा मानिसको जीवन निकै महत्वपूर्ण हुने हुँदा भोली आउने अनेक समस्यालाई ध्यानमा राखी बीमा आबस्यक हुने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!