२०७८, १८ पुष आईतवार १२:२८

नेपाल सुनचाँदी व्यवसायी संघ प्यूठानको अधिबेशन सम्पन्न

प्यूठान जागरण संवाददाता
पुस, १७ प्यूठान । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकारले सुनलाई एकद्धार प्रणालीबाट देशभरीका व्यवसायीहरुलाई बिक्री गर्ने व्यवस्था गरीने बताउनु भएको छ । शनिबार नेपाल सुनचाँदी व्यवसायी संघ प्यूठानको आठौ साधारण सभा तथा तेस्रो अधिबेशनलाई सम्बोधन गदै स्वर्णकारले सुनचाँदी व्यवसायीका पीर, मर्का, भावनालाई महासंघले निकै ध्यानमा राखी काम गर्न तप्पर भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष हरीकृष्ण बिकले सुनचाँदी व्यवसायीलाई आबस्यक कर्चा पदार्थको अभाव रहेको बताएका थिए । राज्यले व्यवसायीहरुलाई साना साना कुरामा दुख दिने गरेको गुनासो गदै बिकले ठूला पुजीवालाहरु व्यवसायमा हावी हुँदा वास्तविक व्यवसायी मर्कामा परेको औल्याएका थिए ।

प्यूठान उद्योग बाणिज्य सघंका कोषाध्यक्ष झपेन्द्र शर्माले व्यवसायमा आउने हरेक समस्यामा आफुहरु सहयोग गर्न सक्ने बताए । देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायीको महत्वपूर्ण भूमिका रहने शर्माको भनाई थियो ।
यस्तै कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बीनी प्रदेश सदस्य अमर सुनारले कर्चा पदार्थको अभाव भएको तथा सुन कारोवारमा राज्यको व्यवस्थापनमा कमरोज रहेको कुरा बताएका थिए ।
राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले नेपालको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न जरुरी भएको भन्दै परम्परागत पेशा गदै आएका व्यवसायीलाई आधुनिकीकरण गर्न संघ लाग्नु पर्ने बताए । संघका कानूनी सल्लाहकार लगायतले कार्यक्रममा शुभकामना मनतव्य राखेको सुनचाँदी व्यवसायी संघ प्यूठानले जनाएको छ । कार्यक्रममा संघलाई स्थापना गर्ने संघका संस्थापक अध्यक्ष इमान सिह गहजराज, संघलाई व्यवस्थित गर्न तथा सल्लाह परामर्श गरी अन्य सहयोग गरेको भन्दै राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष तथा पत्रकार महासंघ प्यूठानका सदस्य लोकेन्द्र सुनार, संघका कानूनी सल्लाहकार अधिबक्ता महेन्द्र प्रसाद न्यौपाने, कार्यसमितिमा उत्कृष्ट काम गर्ने एकराज बिकलाई संघले सम्मान गरेको थियो ।
संघका अध्यक्ष रामचन्द्र बिकको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका उपाध्यक्ष पत्रकार कमल बिकले गर्नु भएको थियो ।
यसैबिच, नेपाल सुनचाँदी व्यवसायी संघ प्यूठानको आठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनबाट रामचन्द्र सुनारको अध्यक्षतामा नंया कार्यसमिति चयन भएको छ ।
जुम्री आयुष्मा होटलमा शनिबार भएको अधिबेशनबाट वरिष्ठ उपाध्यक्ष दिपक कुमार बिश्वकर्मा, प्रथम उपाध्यक्ष बिरु पन्थी, द्धितिय उपाध्यक्ष पदम बहादुर बि.क, महासचिव अनिल बि.क, उपमहासचिव एकराज बिक, कोषाध्यक्षमा भिम बहादुर सुनार, सहकोषाध्यक्षमा दिपक सुनार(सन्दिप), निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै संघको कार्यसमिति सदस्यहरुमा मोहन सुनार, दिपक सुनार, तेज बहादुर बि.क, चुरामणी सुनार, नितु पन्थी, राम बहादुर सुनार, लाल बहानुर सुनारलाई चयन गरिएको र्निवाचन अधिकृत संघका कानूनी सल्लाहकार महेन्द्र प्रसाद न्यौपानेले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो । मनोनित गर्ने अन्य सदस्य तथा सल्लाहकार आगामी बैठकबाट मनोनित गर्ने नव र्निबाचित अध्यक्ष रामचन्द्र बिकले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *