जिल्ला स्तरीय अल्पकालिन सेवा केन्द्र स्थापना

लोकेन्द्र सुनार, प्यूठान जागरण
पुस, २७ खंलगा । हिंसा पिडित महिला तथा किशोरी अल्पकालिन सेवा केन्द्र लुम्बीनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा सांसद हरि प्रसाद रिजालले एक कार्यक्रमका बिच उद्घाटन गदै जिल्लामा हिंसामा परेका महिला, किशोरी, बालिकाहरुलाई आश्रय सहितको सेवा प्रभावकारी गराउनका लागी जिल्लामा सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
मंगलबार जिल्ला समन्वय समितिको भवनमा अल्पकालिन सेवा केन्द्र उद्घाटन कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख, अध्यक्ष, कार्यालय प्रमुख, संञ्चारकर्मीको उपस्थितीमा भएको सेवा केन्द्र उदघाटन सबैले अबलोकन गरी जिल्लाको आबस्यकता महशुस भएको कुरा स्थापना भएको कुरा बताएका थिए ।
मल्लरानी गाउँपालिकाको २०७८ असार १० गतेको नवौं गाउँसभाको निर्णय तथा आर्थिक वर्ष २०७८।०७९को बजेट बक्तव्यको बुदा नं. ३३ बाट हिंसा पीडित महिला तथा किशोरी अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय भएको हुँदा जिल्लामा सबै संग सहकार्य गरी सेवा दिने योजना रहेको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले बताउनु भयो ।
मल्लरानी गाउँपालिका खंलगा प्यूठानद्धारा निमार्ण गरीएको अल्पकालिन सेवा केन्द्र जिल्ला स्थित महिला तथा बालबालिका कार्यालय खारेज भए पश्चात सदरमुकाम संगै क्षेत्राधिकार जोडिएको स्थानीय तहसंगको समन्वयमा सेवा केन्द्र सञ्चालन गर्ने भनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पत्र पठाए पछि बिगतमा केही समय महिला जागरण बहुउद्धेश्यीय सहकारी संस्था मार्फत सञ्चालन भएकोमा हाल जिल्लाको आबस्यकतालाई महशुस गरी जिल्ला स्तरीय अल्पकालिन सेवा केन्द्र स्थापना गरेको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले बताउनु भयो ।
हिंसामा परेका महिला, किशोरीहरु सेवा लिन न्यायिक निकाय, अदालत, प्रहरी, प्रशासनमा खंलगामा आउनु पर्ने हुँदा सेवा केन्द्र नजिक रही सञ्चालन गर्दा यसले निकै राम्रो प्रभाव पर्ने हुँदा जिल्लाका नौ बटै स्थानिय तहसंग समन्वय हुने गाउँपालिकाले जनाएको छ ।
अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्नको लागी २ जना कर्मचारी व्यवस्थापन गरिएको छ । अल्पकालिन सेवा केन्द्रमा आउने महिला तथा किशोरीहरुले निशुल्क रुपमा न्यायिक सेवा तथा बास बस्ने व्यवस्था गरिएको छ । जिल्लामा यसलाई व्यवस्थापन गर्न कार्यविधि निमार्ण गरीएको पनि गाउँपालिकाले जानकारी दिएको छ ।