२०७८, ७ माघ शुक्रबार १५:०६

कृषि बिकास बैंक प्यूठानले मनायो ५५ औं बार्षिक उत्सव

प्यूठान जागरण संबाददाता
प्यूठान, ७ । कृषि बिकास बैंक लिमिटेड खंलगा प्यूठान शाखाद्धारा शुक्रबार ५५ औं बार्षिक उत्सब मनाएको छ । बार्षिक उत्सवमा प्यूठान उद्योग बाणिज्य संघ प्यूठानका अध्यक्ष पशुपति नारायण नकर्मीले प्यूठानक व्यवसायीहरुलाई बैंकले दिएको सेवाबाट खुसी भएको पाइएको बताउनु भएको छ । नकर्मीले कार्यक्रमको उद्घाटन गदै बैंकले सहज र सरल माधयामबाट सुबिधा दिनुपर्ने बताउनु भएको थियो ।

बार्षिक उत्सवमा बोल्दै शाखाका प्रबन्धक नरेश सुबेदीले शाखाबाट अहिले सम्म ४० लाख सम्म कर्जा प्रवाह गर्ने गरी स्वीकृत भएकोमा अहिले स्वीकृत कर्जा रकम बढाउनु पर्ने आबस्यकता भएको भन्दै यसमा लाग्नु पर्ने बताउनु भएको थियो । करिब ५० लाख बराबरको आम्दानी यस वर्ष बैंकले गरेको बताउदै प्रतिस्पर्दाको बिचबाट सेवा ग्राहीलाई मिठोबोली समान व्यवहारका साथ सेवा दिएको सुबेदीले बताउनु भएको छ । बैंकमा ८ सय ५५ वटा कर्जा प्रवाह भएको बताउनु भएको थियो ।

कार्यक्रममा निमार्ण व्यवसायी संघका केन्द्रिय सदस्य बालाजु श्रेष्ठले मानिसको इच्छाशक्ति भएमा बैंकले मानिसको जीवनमा कायापलट गर्न सक्ने बताउनु भएको थियो । उहाँले भन्नुभयो म बिगत १० बर्ष देखी ग्रीन कार्ड होल्डर हु यस वर्ष ३० लाख सेवा शुल्क कृषि बैंकमा तिरेको छु ।
सेवा ग्राही बुद्धबहादुर जिसीले समयमा किशानलाई व्याज दिने र बिना जमानी सहज माध्यामबाट ऋण कर्जा प्रभावकारी गराउनु पर्ने बताउनु भएको थियो ।

यसैबिच, दाङ प्रदेश कार्यालय मार्फत बाके, दाङ, बर्दिया, रोल्पा, पुर्वी रुकुम, प्यूठानबाट उत्कृष्ट जमानत ग्राहकबाट प्यूठानका निमार्ण व्यवसायी बालाजु श्रेष्ठलाई बैंकले सम्मान गरेको छ । यस्तै बृद्ध सेवाग्राही ध्वज बहादुर भण्डारीलाई पनी खादा ओडाएर सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *