६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब
९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन(पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आव २०७७र७८ को यसै अवधिको तुलनामा ५१।१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५।४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।
बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६।६४ प्रतिशत धेरै हो ।
वैदेशिक व्यापारको आकार ११ खर्ब माथि
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामै वैदेशिक व्यापारको आकार भने ११ खर्ब नाघिसकेको छ ।
यस अवधिमा कुल ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४।८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब ५३ अर्ब रुपैयाँको भइसकेको छ । फलाम तथा स्टीलको आयात ८४ अर्ब ९३ करोड रुपैयाँको भइसकेको छ । वनस्तति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड र निर्यात ६८ अर्ब ६७ करोड रुपैयाँ बराबरको भएको छ ।
६ महिनाको वैदेशिक व्यापार
आयात स् ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ ९५१।१३ प्रतिशत बढेको
निर्यात स् १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ ९९५।४८ प्रतिशत बढेको
व्यापार घाटा स् ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ ९४६।६४ प्रतिशत बढेको
कुल वैदेशिक व्यापार स् ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ ९५४।८६ प्रतिशत बढेको
व्यापारमा आयातको हिस्सा स् ८९।३७ प्रतिशत ९२।४१ प्रतिशत घटेको
व्यापारमा निर्यातको हिस्सा स् १०।६३ प्रतिशत ९२६।२३ प्रतिशतले बढेको