प्यूठान प्रशासनका सेवा केही समयका लागी स्थगित

माघ, ९ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ ९ गते देखी लागु हुने गरी माघ १५ सम्मका लागी सेवा स्थगीत गर्ने निर्णय सार्वजिक गरेको छ ।
प्रशासनले अत्याबस्यक सेवाहरु शान्ति सुरक्षा, मुद्धा, थुनछेक, आदेश तथा तयारी भई आएका राहदानी बितरण बाहेकका अन्य काम स्थगीत भएको सूचना सार्वजिक गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ कोराना भाइरसद्धारा र्सिजित समस्यामा आफुहरुले दिने सेवा केही समयका लागी स्थगीत गर्दा पर्न गएको समस्या प्रति क्षमा याचना गरेको छ ।