२०७८, २२ माघ शनिबार १२:२९

प्यूठानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

लोकेन्द्र सुनार, प्यूठान जागरण
प्यूठान, २२ । गौमुखी गाउँपालिका–६ ओखरपाटा लिवाङमा दुलही लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् ।

प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना भएको स्थानियले बताएका छन ।
घाईते २ जनाको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो । दुर्घटनाका घाईतेहरुलाई बुटवल रिफर गरिएकोे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख थापाले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मृत्यु हुनेहरुमा बसन्त खड्का, केशरी खड्का, बलबहादुर बुढामगर, खिम बहादुर खत्री, नन्दी खड्का, बसन्ती खड्का, एलिसा खड्का, बिपना जिसी रहेका छन् ।
जीपमा १३ जना सवार रहेका थिए । दुलाह दानबहादुर खड्का, दुलही रिमा जिसी, हरि बुढा सावित्रा जिसी, नरेश खड्का लगायत घाईते भएको र उनीहरुलाई बुटवल रिफर गरिएको प्यूठान अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!