२०७८, २५ माघ मंगलवार ०८:३२

नेपाल दलित मुक्ति अभियानको जिल्ला भेला हुने

लोकेन्द्र सुनार, प्यूठान
माघ २४ । नेपाल दलित मुक्ति अभियानको प्यूठान जिल्ला भेला फागुन ७ गते हुने भएको छ । सोमबार जुम्रीमा बसेको बैठकले गौरी बि.कको संयोकत्वमा १७ सदस्यीय भेला आयोजक तयारी समिति गठन गरिएको नेपाल दलित मुक्ति अभियानका लुम्बीनी प्रदेश सचिव शंमसेर नेपालीले जानकारी दिनु भयो ।

दलितहरुको हक हितमा कामगर्ने, दलितका मुद्धामा जागरुक हुने, जात व्यवस्थाका समस्याका बिषयमा खरो रुपमा उत्रने, नेपालको संबिधानमा भएका दलितका कानूनलाई कार्यान्वयन गर्न अभियान फलदायी रहने नेपाल दलित मुक्ति अभियानका लुम्बीनी प्रदेश सचिव शंसेर नेपाली बताउनु भयो ।

फागुन ७ गते प्रजातन्त्र दिवबका दिन एैतिहासीक कार्यक्रम गर्ने तयारी गरिएको भेला आयोजक मुल समितिका संयोजक गौरी बिकले प्यूठान जागरण अनलाइनलाई जानकारी दिनुभयो ।

बैठकले भेला व्यवस्थापन गर्नका लागी विभिन्न उप–समितिहरु गठन गरेको छ । शंमसेर नेपालीको संयोजकत्वमा आर्थिक समिति, अर्जुन गन्धर्वको संयोजकत्वमा साँस्कृतिक समिति, कमल बिकको संयोजकत्वमा प्रचार प्रसार समिति, अर्जुन बि.कको संयोजकत्वमा मन्च व्यवस्थापन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *