२०७८, १ फाल्गुन आईतवार ११:०८

मलामी माथी कुटपिट गर्नेलाई कार्वाहीको माग

प्यूठान जागरण संबाददाता
माघ, २९ । प्यूठान मल्लरानी गाँउपालिका ४ वड्डाडा की गुमी नेपालीको दाहासंस्कार गर्नेक्रममा प्यूठान नगरपालिका ४ झिमरुक नदी किनारमा बिना कारण केही यूवाहरुले मलामी गएका व्यक्ति माथी सांङघातिक आर्कमण गरेका थिए ।

नेपालीको जलि रहेको लास नजिक आएर प्यूठान बाग्दुला लगायत अन्य ठाँउका गरी करिब २० जना भन्दा बढी यूवाहरुले एक्कासी हातपात गरी क्रुर एंव अमानविय व्यवहार सहित नदी पारीबाट ढुङ्गामुडा गरेको प्रति प्यूठानका केही संगठनले तत्काल कडा काबार्हीको माग गदै संयुक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् ।

बिज्ञप्तीमा भनिएको छ नेपाली संस्कार अनुसार सानत्वना, समबेदना दिनुको सट्टा पीडादायी घटना भएको ठाँउमा गएर कुटपीट गर्नु एउटा अमानबिय व्यवहार मात्रै नभई जातिय अपहेलना गरेको भनिएको छ । सामाजिक अपराध गरेको ठहर गदै सयुक्त संठगनले घोर निन्दा गरी घटनाका दोषीमाथी कानूनी कार्वाही नचालेमा कडा आन्दोलन गर्ने चेतनावनी संगठनले बिज्ञप्ती मार्फत सार्बजनिक गरेको छ । सुरक्षा निकायले यो घटनालाई गम्भीर रुपमा नलिए आन्दोलन गर्ने भनिएको छ ।

नेपाल दलित संघ प्यूठान, जातिय समता समाज, नेपाल दलित मुक्ति समाज, सयुक्त राजनैतिक दलित सर्घष समिति, नेपाल दलित मुक्ति मोर्चा, जनता समाजबादी पाटी प्यूठान, नेपाल दलित मुक्ति अभियान, दाङ, प्यूठान लगायतका संगठनले बिज्ञप्ती मार्फत घटनाका दोषी माथी तत्काल कडा भन्दा कडा कार्वाहीको माग गरेका छन ।

उक्त घटनामा घाइतेका भएका बुद्ध बहादुर नेपालीलाई जिल्लाबाहीर उपचार भइ रहेको मृतकका श्रीमान महेश्वर नेपालीले बताउनु भयो । उहाँले भन्नुभयो श्रीमतीको उपचारकोक्रममा मृत्यूभयो अनि दाहासंस्कार गरी रहेकै बेला यूवाहरु आएर हामी माथी कुटपीट गरे ।
हामीले कडा सजायको माग गरी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको प्रति दुख लागेको बताउनु भएको छ । नेपालीले अमानबिय तथा जातिय अपहेलना मुद्धा दिन खोजको तर प्रहरीले उनीहरुलाई ढाँकछोप गर्न सामान्य सार्बजनिक मुद्धा लिन मानेको गुनासो प्यूठान जागरणलाई गर्नुभयो ।

उता जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले दुबै पट्टीको झडप भएको हुँदा सम्झाउदा उहाँहरुले यस्तो बुझेको हुन सक्ने बताउनु भयो । गल्ती गर्नेलाई कार्वाही हुन पर्छ त्यसमा हामी तलमाथी हुदैन थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *