२०७८, ८ फाल्गुन आईतवार ०७:४७

हामी बलियो घर निमार्णमा लागेका छौः अध्यक्ष लोहनी

प्यूठान जागरण डटकम
फागुन, ७ । नेपाल दलित मुक्ति अभियान राम्रो र बलियो घर बनाउने अभियानमा लागेको केन्द्रिय अध्यक्ष सुनिल बिक लोहनीले बताउनु भएको छ । शनिवार प्यूठानको जुम्री आयुष्मा होलमा भएकोे प्रथम भेलालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गदै लोहनीले आफुहरु कुनै व्यक्तिगत स्वार्थ नभई जात व्यवस्थाको बिरुद्ध लागी परेको बताउनु भएको छ । उहाँले भन्नुभयो आबस्यक परे दलितका मुद्धालाई हामी अन्तराष्ट्रियकरण गछौं ।

चेतनाको बिकास संगै मार्ग दर्शन तय गरी आर्थिक, सामाजिक, साँस्कृतिक तथा अन्य क्षेत्रमा दलितहरुलाई अगाढी बढाउने आफ्नो निति तथा कार्यक्रम रहेको बताउनु भएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय बिदेश बिभाग प्रमुख हरी गोतामेले दलित जातीहरु एकजुट हुनु पर्ने आबस्यकता भएको बताउनु भएको थियो । अभियानका महिला बिभाग प्रमुख लक्ष्मी बिकले समाजलाई राम्रो संग अध्ययन गरी समाजको कुंस्कारलाई फाल्न सबै हातेमालो गरी लाग्नुपर्नेमा जोड दिनु भएको थियो । बिकले राज्यले चाहेमा जातिय छुवाछुत समाजबाट फाल्न समय नलाग्ने बताउनु भएको थियो ।

उक्त जिल्ला भेलामा राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले प्यूठानको परिचय, दलित जातीको कथनबारे तयार पारीएको पाँच पृष्ठ भएको कार्यपत्र प्रस्तुत गदै छुवाछुत प्रथा स्थायी नभएको हुँदा सबै लागी परेर राज्य गम्भिर भएमा छिटै हटने बताउनु भएको थियो । नेपालको संबिधानमा भएका दलित सम्बन्धी व्यवस्थालाई कडाइका साथ कार्यान्वय भएमा मात्र धेरै सुधार हुने बताउनु भएको थियो । बिभेद हटाउन शिक्षालाइ सबैले ग्रहण गर्नु आबस्यक रहेको औल्याउदै सुनारले जागरणमुखी आन्दोलन निरन्तर गर्नुपर्ने बताउनु भएको थियो ।
सयुक्त राजनैतिक दलित संघर्ष दलित समिति प्यूठानका संयोजक गोपाल बिकले सबै एकता भई लाग्नु पर्ने बताउनु भएको थियो ।

अभियानका केन्द्रिय सहसचिव लिला बि.क, रेडियो कृपालुका प्राबिधिक प्रमुख कमल बि.क, जातिय समाता समाज प्यूठानका सचिव भिरेन्द्र बि.क, मुक्ति अभियानका लुम्बिनी प्रदेश उपाध्यक्ष देवनारायण हरीजन, दाङ जिल्ला मुक्ति अभियानका उपाध्यक्ष बिमला गन्र्धव लगायतले शुभकामना मन्तव्य राख्दै जात व्यबस्थाका बिरुद्ध सबै एक जुट हुनुको बिकल्प नभएको बताएका थिए । कार्यक्रममा काठमान्डौ, नवलपरासी, कैलाली, दाङ, अर्घाखाची रोल्पा लगायतका जिल्लाबाट दलित अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाल दलित मुक्ति अभियानका जिल्ला संयोजक गौरी बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय अध्यक्ष सुनिल बिक लोहनी रहनु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य अभियानका लुम्बिनी प्रदेश सचिव शंसेर नेपालीले राख्नु भएको थियो । होटल आयुष्मा जुम्रीमा गरीएको कार्यक्रममा प्यूठानका सबै स्थानीय तहका व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सनम परियारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *