दलितका समस्यालाई प्राथमिकतामा राखी काम गछु ः प्रजिअ भुषाल

प्यूठान जागरण डटकम
फागुन ८ । नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सहितको टोलीले आइतबार प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई भेट गरेको छ । जिल्लामा भएका दलितका घटनाहरुको समिक्षा गरी आगामी दिनमा दलित समुदाय संग सहकार्य गरी अगाडी बढने प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनु भएको थियो । जातिय छुवाछुत समाजबाट घटदै गएको हुँदा यसको अन्त्य छिटै हुने प्रजिअको भनाई रहेको छ । दलितहरुलाई दिइने सेवा सुबिधामा आफु जहिले पनी सकारात्मक भएको कुरा उल्लेख गर्नु भएको थियो । उहाँले भन्नुभयो दलितका समस्यालाई जहिले पनी प्राथमिकतामा राखेर काम गर्न सबै कार्यालयलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
२१ औ सताब्दीमा पनी हामीले छोएको खाइदिनु पर्छ हामीलाई मान्छेको व्यवहार गर भन्दै हिडनु लज्जासपद भएको नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सुनिल बिक लोहनीले बताउनु भएको थियो । जिल्लामा दलितका मुद्धालाई तोडमोड नगरीकन अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय प्यूठानलाई आग्रह गर्नु भएको थियो ।
छलफलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले आफु कहाँ आएका मुद्धामा नेपाल सरकारको ऐन, नियम बमोजिम काम अगाडी बढाउने बताउनु भएको थियो । राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले कानूनमा भएका कुरा अक्षरस कार्यान्वयन मात्रै गरे पनी धेरै सुधार हुने बताउनु भएको थियो ।
छलफल कार्यक्रममा नेपाल दलित मुक्ति अभियान लुम्बिनी प्रदेश उपाध्यक्ष नेमनारायण हरिजन, सचिव शसेर नेपाली, नेपाल दलित मुक्ति अभियानका सचिवालय सदस्य हरी गोतामे, निमार्ण व्यवसायी अजुर्न बिक लगायतको उपस्थिति रहेको थियो ।