सर्घष समितिद्धारा जिल्ला प्रंशासन कार्यालयमा धर्ना

प्यूठान जागरण डटकम
फागुन ८ । आइतबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा एमसीसि बिरुद्धका नारा लगाई सयुक्त सर्घष समितिले धर्ना कार्यक्रम गरेको छ । ४ दलिय सयुक्त सर्घष समितिले नेपाल जस्तो देशमा अमेरिकनले दिने राष्ट्रघाती परियोजनाको संझौता गर्न कुनै पनी हालतमा नहुने बताएका छन ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा प्यूठान अध्यक्ष कृष्ण बहादुर खड्काले अमेरिका र चीनको लडाइमा नेपाललाई माझमा राखी नेताहरुले आन्दोलन गराउन खोजेको बताउनु भएको थियो । हैकमबाद लादी सामाज्यबादीहरुलाई नेपालमा राष्ट्रघाती संझौता गरी नेपालमा भित्रन नदिने खड्काको भनाई छ ।
नेकपा क्रान्तिकारी माओबादीका केन्द्रिय सदस्य टिकाराम पौडेलले काग्रेस एमालेले एमसीसि पास गर्न खोजेको बताउनु भएको थियो । आबस्यक परे टाउकोमा कपन बाघेर सर्घष गरी मर्न पनी तयार भएको बताउनु भएको थियो ।
नेकपा मसालका जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपाने नेपालीले आफै आफ्नो भविष्य बनाउन पाउने अधिकारबाट बन्चित कसैले गर्न नस्कने बताउनु भएको थियो । एमसीसि कुनै पनी हालतमा पास हुन नदिने न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा बिप्लप नेतृत्वको नेकपाका सूर्य प्रकाशले राष्ट्रघाति जनघाति संझौता भए हामी मर्न तयार छौ अमेरीकनको हस्तक्षप स्वीकार गर्न नसकिने बताउनु भएको थियो । एमसीसि परियोजनबाट खाने कमीशन नेतालाई चाहिएमा हामीले चन्दा उठाएर दिने सूर्यप्रकाशले बताउनु भएको थियो ।
नेकपा मसाल, राजमो, बिप्लप नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओबादीको संयुक्त मोर्चाले संयुक्त आन्दोलन जिन्दावाद, अमेरिकी सामाज्यबाद मुर्दाबाद, राष्ट्रघाती संझौता खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लगाई बजार परीक्रमा गरिएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार राम पहाडीले गर्नु भएको थियो ।