२०७८, १२ फाल्गुन बिहीबार १८:५८

एमसीसि खारेजीको माग गदै ः सयुक्त मोर्चा

लोकेन्द्र सुनार
फागुन, १२ । नेपालमा एमसीसि भित्याएर राष्ट्रघाती नेताहरुले दोन्द्ध फैलाउन खाजेको राष्ट्रिय जनमोर्चा लुम्बीनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले बताउनु भएको छ । बिहिबार एमसीसिको बिरोधमा खंलगा जिल्ला प्रशासन कार्यालय अगाडी गरीएको कार्यक्रमलाई सम्बोधन गदै नेता खत्रीले प्रधानमन्त्री शेर बहादुर देउवाले पाँच दलिय गठबन्धमा सहमति नगरी अमेरीकाको डलर खाएर एमसीसि अगाडी बढाउन खोजेको आरोप लगाउनु भएको छ । विभिन्न कालखण्डमा बिदेशी संग कहिल्यै पनी घोडा नटेकी बिर नेपालीले बिदेशी सामाज्यबादका बिरुद्ध कैयौ अडान लिएर देशको स्वाधिनता बचाएको स्मरण गराउनु भएको थियो ।

देशको संबिधान भन्दा माथी राखेर कुनै पनि संन्धि संझौता गर्न नसकिने नेकपा मसाल प्यूठानका प्रबक्ता ज्ञामुराम न्यौपानेले बताउनु भएको छ । हाम्रो देश जन्मकाल देखीको इतिहास हेर्दा स्वतन्त्र भएको कुरा उल्लेख गदै सामाज्यबादी देशको सहयोग लिएर समृद्ध बन्ने सपना नभएको बताउनु भयो । सामाज्यबादी देशले डलरको खेती गरी नेपाललाई युद्धभूमी बनाउन खोजेको न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो नेपालीलाई राष्ट्रघाती नेताहरुले अरुण, कोसी, गण्डक,महाकाली जस्ता सझौता गरी गद्धार गरेको कुरा कहिल्यै नभुलेको बताउनु भएको थियो ।
नेकपा क्रान्तिकारी माओबादीका केन्द्रिय सदस्य टिकाराम पौडेलले नेपाली काग्रेस नेतृत्वको सरकारले राष्ट्रघाती एमसीसि परियोजना हुबहु पास गर्न खोज्नु नेपाली जनतामाथीको अपमान भएको बताउनु भएको हो । कार्यक्रममा पौडेलले ट्रान्समिसन लाईन, बाटोको नाममा उक्त परियोजनाबाट नेपालमा स्वाधिनता माथी खेलबाड हुन खोजेको बताउनु भएको थियो ।

नेकपा माले प्यूठानका सचिव तिल बिक्रम केसीले नेपालको प्राकृतिक स्रोतको दोहन गरी शासकहरुले डलरको खेती गरेको बताउनु भएको थियो । बिकासको हल्ला फैलाएर एमसीसि जस्तो जनघाति परियोजना स्वीकार्य नभएको बताउनु भएको थियो । प्यूठानका सबै स्थानीय तहबाट उपस्थित रहेको बृहत कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाको जिल्ला सचिव बिदुर मल्लले गर्नुभएको थियो । विभिन्न नारा सहित खंलगा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । सदन देखी सडक सम्म आन्दोलन जारी राख्ने नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *