२०७८, १२ फाल्गुन बिहीबार १९:०८

अध्यक्षलाई कालोमोसो लगाउने व्यक्ति तुरुन्त पक्रन नेकपा मसालको माग

प्यूठान जागरण डटकम
फागुन १२ । नेकपा मसाल प्यूठानका प्रबक्ता ज्ञामुराम न्यौपानेले मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना लगायतका अन्य कर्मचारी माथी निराधार आरोप लगाई कालोमोसो लगाउने व्यक्तिहरुलाई तुरुन्त पक्रन माग गर्नु भएको छ । कपोलकल्पित झुट कारण गराई अखिल नेपाल जनजाती महासंघका केन्द्रिय महासचिव राना माथी भएको र्दुव्यवहारलाई नेकपा मसालले गुन्डागर्दि भन्दै खेत प्रकट गरेको छ ।
बिहिबार खंलगामा भएको एमसीसि बिरुद्धको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा न्यौपाने सम्बन्धीत निकायले तुरुन्त कार्वाहीको दाएरामा ल्याउन माग गर्नुभएको थियो । कुनैपनि धम्की, डर, त्रासपूर्ण गुन्डागर्दि राजनैतिक शैलीले नेकपा मसाल नर्तसिने बताउनु भएको थियो । यस्ता खाले गतिबिधिका नसच्याए नेकपा मसाल, राष्ट्रिय जनमोर्चा चुप लागेर नबस्ने बताउनु भएको थियो ।

गत फागुन ९ गतेका दिन भूमि बिकास आधारभूत बिद्यालय मल्लरानी गाउँपालिका ५ सराङकोटमा छलफल गरीरहेको बेला आफुलाई नेकपा बिप्लप नेतृत्वको माओबादी बताउने गोपीलाल सुनार लगायतका व्यक्तिले अध्यक्ष राना सहित गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत बालकृष्ण थापा, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख सिब पण्डित, गापाका शिक्षा शाखाका प्रमुख ठाकुर प्रसाद आचार्य माथी कालोमोसो लगाएका थिए । विभिन्न बाटोको समस्या, बालिका आत्महत्या, गापा अध्यक्षले फोन नउठाएको, बजेट फ्रीज गराएको लगायतका आरोप लगाई जनकार्वाही गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

कालोमोसो लगाउनेहरु माथी तत्काल कानूनी कार्वाहीका लागी पक्राउ गर्न नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, शिक्षक महासंघ प्यूठान, मल्लरानी गाउँपालिका कर्मचारीहरु लगायतले बिज्ञप्ति निकालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *