२०७८, १३ फाल्गुन शुक्रबार १५:५४

सिबिआर कार्यक्रम बारे छलफल

लोकेन्द्र सुनार÷प्यूठान जागरण
फागुन १३ । अपाङ्खता भएका व्यक्तिहरुको समुदायमा आधारित पुनस्थापना कार्यक्रमलाइ प्रमुख अतिथीको रुपमा सम्बोधन गदै मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगरले मल्लरानी गाउँपालिकाले धेरै ठाँउमा बजेट बिनियोजन गर्नुपर्ने भएकाले अपाङ्ताको लागी आबस्यक बजेट व्यवस्था गर्न नसकेको बताउनु भएको छ ।

शुक्रबार सिबिआर बारे जिल्लाका पत्रकार तथा संस्थाका प्रतिनिधि बिच छलफल कार्यक्रममा अध्यक्ष रानाले बजेट थोरै तर काम गर्नुपर्ने काम धेरै हुने हुँदा सोचेको जस्तो बजेट व्यवस्थापन हुन नसक्ने बताउनु भएको थियो ।
अपाङ सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिह केसीले सिबिआर कार्यक्रममा शिक्षामा पहुँच, सिप बिकास, आय आर्जन, शसक्तिकरण सहायता सामाग्री, समाजिक सञ्जालीकरण लगायतका कुरा गर्न खोजीएको बताउनु भएको छ । लुम्बीनी प्रदेशमा प्यूठानको मल्लरानी गाउँपालिकाले मात्र सिबिआर कार्यक्रम लागु भएको केसीको भनाई रहेको थियो । नेपाल सरकारले सिबिआर कार्यक्रम २०६४ साल देखी लागु गरेको थियो ।

जन्मजात तथा जन्मेपछि जुनसुकै बेलामा पनी मानिसमा अपाङ्ता हुन सक्ने हुँदा राज्यले नै यसको व्यवस्थापन गर्न लाग्नुपर्ने बताउनु भएको छ । जिल्लामा अपाङ्ताको मुद्धाका सवालमा कानूनी सहायता समिति, बैतनिक वकिल मार्फत कानूनी सहयोग गरीने नेपाल बार यसोसीयसनका जिल्ला अध्यक्ष अधिबक्ता बिदुर मल्लले बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *