सुनचाँदी व्यवसायी संघको बनभोज कार्यक्रम सम्पन्न

प्यूठान जागरण डटकम
फागुन, १४ । नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बिनि प्रदेशका सदस्य अमर सुनारले सुनचाँदी व्यवसायीहरु जिल्लाका सामाजिक काममा जुट्नु पर्ने बताउनु भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गदै संस्थालाई स्थापित गर्न जिल्ला, प्रदेश, केन्द्रमा राम्रो उपस्थिति बनाउन आफु लागी पर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
प्यूठानको सुप्रसिद्ध धार्मिकस्थल झाक्रीस्थानमा भएको बनभोज कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले जिल्लाका कालिगडहरुलाई थप शसक्तिकरण गर्न तालिम तथा प्रशिक्षण दिन आबस्यक रहेको बताउनु भएको छ ।
व्यवसाय मात्र नभई अन्र्तरजिल्ला अध्ययन भ्रमण गरी बेला बेलामा व्यवसायीहरु बिच जिल्लाका समस्या बारे छलफल गरी संस्थालाई अगाडी बढाउन भेटभाट छलफल गर्नुपर्नेमा जोड दिनु भएको थियो । सुनारले जिल्लाको निजि क्षेत्रलाई सुनचाँदी व्यवसायीले नेतृत्व गर्ने खालको क्षमता बिकास गर्न सुझाव दिनु भएको थियो ।
संघका जिल्ला अध्यक्ष रामचन्द्र सुनारले नेतृत्व बिकास गर्ने कुरा निकै ठूलो भएको बताउनु भएको थियो । आफुले जिल्लाको अध्यक्ष भए पछि सबै व्यवसायीहरुको भावना बिचारलाई कदर गरी अगाडी बढेको बताउनु भएको थियो । अध्यक्ष सुनारले जिल्लाका सबै सुँनचाँदी व्यवसायीहरु संघमा दर्ता भई गोलबन्द अपिल गर्नु भएको थियो ।
सुनचाँदी व्यवसायी संघ जिल्लाका कार्यसमिति लगायतका व्यवसायीहरुको उपस्थितिमा भएको कार्यक्रमको स्वागत मन्तव्य बिरु पन्थीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव अनिल बिकले गर्नुभएको थियो ।