२०७८, १५ फाल्गुन आईतवार १६:२१

सुरु भयो निर्वाचनको व्यवस्थापन प्रकृया

लोकेन्द्र सुनार, प्यूठान जागरण
फागुन १५ । सरकारले घोषणा गरेको आउदो २०७९ बैशाख ३० गतेको निर्वाचनलाई मध्यनजर गरी व्यवस्थापन प्रकृया अगाडी बढाएको छ । जिल्ला जनशक्ति व्यवस्थापन समितिका संयोजक प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अध्यक्षतामा बसेको बैठकले ९ वटा स्थानीय तहमा करिब २ हजार ६६ जना कर्मचारीलाई चुनावमा खटाइने प्रारम्भिक तयारी भएको जानकारी प्रजिअ भुषालले बताउनु भएको थियो ।

जिल्लामा शान्ति सुरक्षा मजबुद गराई स्वतन्त्र एंव भयरहित बातावरणमा निर्वाचन गराउन प्रशासन तयार भएको बताउनु भएको छ । निर्वाचन गराउदा कर्मचारीहरु नेपालको कानूनको अधिनमा रही काम गर्ने बताउनु भएको हो । भुषालले कुनै पनी दलका उमेद्धवारले चुनावमा पैसा बाड्ने जस्ता गैर कानूनी काम गरेमा कानून बमोजिम कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बैशाखमा हुने निर्वाचनको लागी सरकारले करिब ८ अर्व ९५ करोड बराबरको बजेट निकासा गर्न अर्थमन्त्रालयमा माग गरेको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभएको थियो । गएको माघ २४ गतेबाट नँया मतदाता नामावली संकलन कार्य बन्द भएको र अन्तिम नामावली चैत्र १५ गते निर्वाचन आयोगले प्रमाणीकरण गरी घोषणा गर्ने कार्यक्रम रहेको बैठकमा बताउनु भएको थियो ।

आउदो निर्वाचनमा बैशाख २९ सम्म १८ वर्ष पुगेका मतदाता नामावलीमा नाम भएका व्यक्तिले भोट गर्न पाउने निर्वाचन अधिकारीले बताउनु भएको थियो । श्रीबास्तवले यस पटक निर्वाचनका बेला राजनैतिक दलले निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
राजनैतिक दल, कार्यालयका केही कर्मचारी तथा पत्रकारहरुको उपस्थित रहेको कार्यक्रम आइतबार जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *