२०७८, १६ फाल्गुन सोमबार १७:०५

जिल्लाको शिक्षा, स्वास्थ्यमा साझा सभा गरीने

प्यूठान जागरण डटकम
फागुन १६ । जिल्ला स्तरीय नागरीक समाज सञ्जालको सोमबार खंलगामा भएको बैठकले प्यूठानमा शिक्षा क्षेत्रका साथै स्वास्थ्य समस्यामा भएका कुराहरु माथी साझा सभा गर्ने निर्णय गरेको छ । फागुन महिनामा जिल्लामा बालबालिका तथा शिक्षाको पहुँच सम्म ल्याउन शिक्षा क्षेत्रमा गर्नुपर्ने कुराहरुको बारेमा जिल्ला शिक्षा समन्वय इकाई समिति मार्फत ध्यानाकर्षण पत्र दिने निर्णय गरीएको जिल्ला स्तरीय नागरीक समाज सञ्जालका सचिव लोकेन्द्र सुनारले जानकारी दिनुभयो ।


प्यूठानमा स्वास्थ्य क्षेत्रमा धेरै गुनासाहरु आउने गरेको कुरालाई मध्यनजर गदै सुधार गर्न सचेत गराउने उद्धेश्यले नागरिक समाज, स्वास्थ्य क्षेत्रमा व्यक्तिहरु, पत्रकार, सेवाग्राही बिच यसै महिनाको २५ गतेका दिन स्वास्थ्य सवालमा साझा सभा गर्ने निर्णय भएको सञ्जालका सचिव सुनारले बताउनुभयो ।

जिल्ला स्तरीय नागरीक समाज सञ्जालको आयोजना र पारस्पारीक जवाफ देहीता परियोजना, हरप्लेसको सहयोगमा बैठक गरीएको थियो । जिल्लामा धेरै समस्याहरुबारे छलफल गरिएको र कतिपय सवालमा क्रमश छलफल गदै जाने पारस्पारीक जवाफ देहिता परियोजनाका परियोजना अधिकृत पम्फा पन्तले जानकारी दिनुभयो । नागरिक समाज सञ्जालले उठाएका सवालहरुमा कति सुधार भए भन्ने कुराहरु पनी बेला बेला अनुगमन गर्नुपर्ने बैठकमा सहभागीहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *