२०७८, १७ फाल्गुन मंगलवार १७:२०

प्राथमिक स्वास्थ्य केन्द्र खंलगामा डा. गोबिन्द केसी

लोकेन्द्र सुनार, प्यूठान
फागुन, १७ । नेपालमा स्वास्थ्य क्षेत्रको सुधार लगायतका माग राख्दै पटक पटक अनशन बस्दै आउनु भएका हाडजोर्नी तथा नशा रोग बरिष्ठ बिषेशज्ञ डा गोबिन्द केसी यति बेला दुरदराजका स्वास्थ्य संस्थामा गई जनतालाई निशुल्क सेवा दिनुभएको छ । विभिन्न जिल्ला हुदै डा केसी यति बेला प्यूठानको प्राथमिक स्वास्थ्य केन्द्र खंलगा प्यूठानमा ३ दिन जनताको सेवा गरि रहनु भएको छ ।

प्यूठानमा हाल सम्म २ सय बिरामीलाई चेकजाँच गरको प्राथमिक स्वास्थ्य केन्द्र खंलगाले जानकारी दिएको छ । अर्घाखाची हुदै आएका डा. केसी खंलगा, बिजुवार भिगृ हुदै अन्य जिल्लामा निशुल्क सेवा दिन जाने योजना रहेको बताइएको छ । डा केसीले राज्यले नागरिकलाई दिनु पर्ने निशुल्क स्वास्थ्य सेवा दिन चुकेको बताउनु भएको छ । ८० प्रतिशत नागरिक दुरदराजमा बसेका छन्, उनीहरुले राम्रो स्वास्थ्य सुबिधान पाएका छैनन उहाँले भन्नुभयो “नेपालमा प्रजातन्त्र आएको पनी लामो समय भयो नागरिकले आफ्नो नैर्सगिक अधिकार समेत राम्रो गरी पाएका छैनन्”। आफु एउटा चिकित्सक तथा सचेत नागरिक भएको नाताले जिल्ला जिल्लामा निशुल्क स्वास्थ्य जाँच परामर्श तथा उपचारमा सरिक भएको केसीको भनाई छ । केही समय प्यूठानका दुरदराजका नागरिकको सेवा गर्ने डा केसीले प्यूठान जागरण डटकमलाई बताउनु भयो।

यस्तै बरिष्ठ चिकित्सक डा. केसीले कुनै पनी सूचना नदिई आएर जनतालाई निशुल्क सेवा दिएको खंलगा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत डा शान्त बहादुर रोकाले बताउनु भएको छ । उहाँको उपचारले दुरदराजका नागरिक खुसी भएको आफुले पाएको भन्दै डा. रोकाले यति सेवा लिन बाहिर गएर खर्च गर्नुपर्ने समस्या घर नजिकै सेवा दिदा प्रभावकारी भएको बताउनु भयो ।
डाक्टरको सेवा, परामर्श लिन कति टाढा जानुपर्ने थियो तर नजिकै आउदा बिरामीले राम्रो सुबिधा पाएको स्थानीय सेवाग्राही बुद्धिराम धितालले बताउनु भएको छ । उहाँले बिरामीलाई दिएका सल्लाह, राम्रो औषधीको सिफारिस गरेको पाइएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *