बित्तिय सुशासनमा कस्सीदै प्यूठानका स्थानीय तह
लोकेन्द्र सुनार, प्यूठान जागरण
फागुन, १९ । स्थानीय तह बित्तिय सुशासन जोखिम मुल्याङ्ककन कार्यबिधि २०७७ लगायतका बिषयलाई राम्रो बनाउन, बित्तिय जनशक्ति व्यवस्थापन चलाएमान र बलियो बनाउन प्यूठानका सबै स्थानीय तहलाई जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले बताउनु भएको छ । प्यूठानमा स्थानीय तह बित्तिय सुशासन कार्यबिधिको बिषयमा बिहिबार जुम्री आयुष्मा होटलमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको क्रममा आचार्यले जिल्लालाई बित्तिय सुशासनमा राम्रो ल्याउन सबैले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
१ सय सुचकको अङ्क मानि राम्रो अङ्क ल्याउने स्थानीय तहलाई आगामी बजेट तर्जुमा गर्दा अलि बढी बजेट बिनियोजन हुने तालिमका प्रशिक्षक मल्लरानी गाउँपालिका लेखा अधिकृत कमानसिंह केसीले बताउनु भएको छ । प्यूठानमा स्थानीय तह बित्तिय सुशासन जोखिम मुल्याङ्ककन कार्यबिधिको अबस्था हेर्दा करिब ६० देखी ७० प्रतिशतको मध्यम खालको काम भएको केसीले बताउनु भयो ।
प्रदेश प्रतिष्ठान लुम्बीनी प्रदेशको आयोजनामा भएको तालिम जिल्लाका स्थानीय तह प्रमुख, अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लगायतलाई १९ गते तालिम दिएको र फागुन २०, २१ गते प्यूठानका स्थानीय तहका कर्मचारीलाई दिइने कार्यक्रम रहेको प्रशिक्षक कमानसिह केसीले प्यूठान जागरण अनलाइनलाई जानकारी दिनुभयो ।
स्थानीय तहको बित्तिय प्रणाली व्यवस्थित, पारदर्शी, बिधि सम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका संभावित जोखिमका क्षेत्रको पहिचान गरी यसको लेखाजोखाको माध्यामबाट स्थानीय तहको वित्तिय सुशासनलाई राम्रो बनाउन सबै स्थानीय तह लाग्नुपर्नेमा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसीले सबै स्थानीय तहको तर्फबाट प्रतिबद्धता गर्नुभएको थियो ।
प्रशासनिक क्षेत्रबाट धेरै कुराहरु सुधार गर्न पर्ने आबस्यकता भएको प्यूठानका सम्पुर्ण स्थानीय तहको तर्फबाट माण्डबी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिसीर रिजालले बताउनु भएको थियो । तालिमको प्रशिक्षक मल्लरानी गाउँपालिकाका लेखा अधिकृत कमानसिंह केसी, कोष तथा लेखा नियन्त्रण कार्यालयका तुल्सीराम श्रेष्ठ, जिल्ला समन्वय समितिका कर्मचारी राधा गिरी रहनु भएको छ ।