२०७८, २१ फाल्गुन शनिबार १८:३१

एकीकृत समाजवादी सरुमारानीमा हलचल

प्यूठान जागरण डटकम
फागुन २१ । एकीकृत समाजवादी सरुमारानी गाउँपालिका प्यूठानका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलमि हलुवाईको नेतृत्वमा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले प्यूठानले जनाएको छ । हलुवाईको नेतृत्वमा सरुमारानी गाउँपालिकाका धेरै कार्यकताहरु प्रवेश गरेको बताइएको छ ।

हलुवाईसंगै पार्टीका जिल्ला सदस्य युवा, बिद्यार्थी, पत्रकार पनी एमालेमा प्रबेश गरेको स्थानीय पत्रकार सलिम अन्सारीले जानकारी दिनुभयो । पाटी प्रवेश गर्नेहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल, सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले अभिर लगाएर पाटी प्रवेश गराएका थिए । १ सय ५३ जना पाटीमा प्रवेश गरेको नवप्रवेशी सलिम अन्सारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!