२०७८, २१ फाल्गुन शनिबार १९:०५

प्रगतिशिल लेखक संघको अध्यक्षमा लिला पुन चयन

प्यूठान जागरण डटकम
फागुन २१ । प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा प्युठानको पाचौं अधिवेशन आज सम्पन्न भएको छ ।
अधिबेशनबाट लेखक पत्रकार लिला पुन अध्यक्षमा चयन हुनु भएको छ । शनिबार नबज्योती पुस्तकालय राजगुरुथान पुण्यखोलामा भएको अधिबेशनले उपाध्यक्षमा अग्निधर चन्द बोहरा, सचिव धु्रव गिरी, कोषाध्यक्ष बिमला खनाल, सहसचिव नवराज आचार्य चयन हुनु भएको प्रगतिशिल लेखक संघ प्यूठानले जनाएको छ ।

यस्तै सदस्यहरुमा कल्पना खड्का, जगतप्रसाद पोख्रेल, शान्ता गिरी, नारायण पाण्डे, रामप्रसाद पोख्रेल, गोपाल थापा चयन हुनु भएको सचिव धु्रव गिरीले बताउनु भयो । जिल्लामा हरेक बिषयबस्तुमा लेखन, साहित्य, छलफल लगायतका बौद्धिक कार्यमा पैरवी गदै आएको लेखक संघलाई थप व्यवस्थित गरी सहकार्य गदै अगाडी बढ्ने सचिव गिरीले प्यूठान जागरण डटकमलाई बताउनु भयो । कार्यक्रममा अग्रज साहित्यकार भेषमान गिरी, प्रलेस सल्लाहकार देबेन्द्र कुमार रिजाल, गेहराज थापा, प्रलेश प्रदेश सचिब रामप्रसाद पोख्रेलले शुभकामना मन्तव्य दिदै यसलाई प्रगतिशिल भाव बिचार अनुसार अगाडी बढाउन सुझाव दिएका थिए । अधिबेशनमा सचिव धु्रव गिरीले संघको प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष बिमला खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *