२०७८, २४ फाल्गुन मंगलवार १८:४७

शैक्षिक क्षेत्रमा महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड

प्यूठान जागरण डटकम
फागुन, २४ । महिलालाई शिक्षा, रोजगार सिपमूलक कार्यक्रममा प्राथमिकता दिनुपर्ने खंलगा प्यूठानमा आयोजीत ११२ औं अन्तर्राष्ट्रिय महिला दिबशको अबसरमा बोल्ने बक्ताहरुले बताएका छन । शिक्षा, रोजगार, सिपमूलक कुरामा प्राथमिकता दिएमा महिलाहरु अगाडी बढन सजिलो हुने कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका हुन । जनजागृति माबि कसेरीका प्राध्यानाध्यापक शोभा श्रेष्ठले महिलाको अधिकार सुनिश्चित गर्न शिक्षामा बढि लगानी गर्नुपर्ने बताउनु भएको छ । यसैगरी हरप्लेस प्यूठानका कार्यक्रम अधिकृत पक्फा पन्तले महिलाहरुलाई आर्थिक, समाजिक, राजनैतिक रुपमा अगाढी ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

नेपाल पत्रकार महांसघ जिल्ला शाखा प्यूठानका सदस्य लोकेन्द्र सुनारले एक दिन मात्र दिबश मनाएर महिलाहरुका समस्या हल नहुने भएकाले यसको निरन्तर अधिकारको लडाई लड्नु पर्ने बताउनु भएको थियो । गैर सरकारी संस्था महासंघ प्यूठानका सचिव जुमान सिह केसीले महिलाहरुलाई पुरुषले सहयोग गरे मात्र महिला अधिकार सुनिश्चित हुने बताउनु भएको थियो ।

यसै बिच मल्लरानी गाउँपालिका वडा नं. ४ द्धारा आयोजना भएको महिला दिबशको अबसरमा दौड तथा म्यूजिकल चियर प्रतियोगीता राखीएको थियो । महिला दौड प्रतियोगीतामा प्रथम मल्लरानी बोडिङ स्कुलका शिक्षिका सकुन्तला सुनार, द्धितिय, नेपाल प्रहरीका अनिता बस्याल, त्रितिय महेन्द्र माबिका बिद्यार्थी पिन्सु श्रेष्ठ हुनु भएको छ । यस्तै म्यूजिकल चियर तर्फ प्रथम पुष्पा शाही, द्धितिय रेवती न्यौपाने, त्रितिय बिमला जिसी श्रेष्ठ रहनु भएको छ । दुबै प्रतियोगीता तर्फ प्रथम द्धितिय त्रितिय क्रमश, ५ हजार, ३ हजार, २ हजार पुरस्कार प्रमाणपत्र व्यवस्था गरिएको मल्लरानी गाउँपालिका वडा नं ४ का वडा सचिव साबित्रा केसीले बताउनु भयो ।

महेन्द्र माबि खंलगाबाट बिभिन्न प्लेकाड सहित नारा लगाउदै जिल्ला समन्वय समितिको सभाहलमा गई कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको अध्यक्षता ४ नं. वडाका कार्यबाहक अध्यक्ष उजेली बिकको रहेको थियो भने स्वागत मन्तव्य वडाका सदस्य हुमा आचार्यले राख्नु भएको थियो भने सञ्चालन बन्दना शाक्यले गर्नुभएको थियो । समाजिक न्याय र लैङ्गिक समानताः दिगो बिकासको सुनिश्चितता भन्ने मूल नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय महिला दिबशको यस बर्षको नारा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *