२०७८, १ चैत्र मंगलवार १८:२०

काग्रेस नेता लम्सालको निधन

प्यूठान जागरण डटकम
चैत्र १ । नेपाली काग्रेस प्यूठानमा पूर्व उपसभापति बद्रि लम्सालको निधन भएको छ । नेपाल तरुणदल प्यूठानका पूर्व जिल्ला अध्यक्ष समेत रहेका लम्सालको ३८ बर्षको उमेरमा उपचारका क्रममा काठमान्डौको शिक्षण अस्पतालमा मंगलबार निधन भएको नेपाली काग्रेस प्यूठानले एक शोक बिज्ञप्ती मार्फत जानकारी दिएको छ । काग्रेसले ३ दिन सम्म लम्सालको निधन प्रति दुख व्यक्त वडा तथा जिल्ला स्तरका कार्यक्रम नगर्ने बताएको छ ।


लम्सालको किड्नी लगायतका समस्याले गर्दा उपचार हुदै गर्दा निधन भएको हो । लम्साल नेपाली काग्रेस प्यूठानका लोकप्रीय नेता मध्ये मानिनु हुन्थ्यो । प्यूठान रहदा शरिरमा समस्या देखिए पछि पाल्पा हुदै उपचारको लागी उहाँलाई काठमान्डौ लगीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!