२०७८, २ चैत्र बुधबार १४:४२

नागरिक समाज प्यूठानले बुझायो शिक्षा बिषयमा ध्यानाकर्षण पत्र

प्यूठान जागरण डटकम
चैत्र, २ । जिल्लाको शिक्षामा सुधार गर्नुपर्ने आबस्यकता औल्याउदै बुधबार जिल्ला स्तरीय नागरिक समाज सञ्जालले १६ बुदे ध्यानाकर्षण पत्र शिक्षा बिकास तथा समन्वय इकाई प्रमुखलाई बुझाएको छ । बढ्दो प्रबिधिको प्रयोगलाई दुरुपयोग गरी बालबालिकाहरुमा त्यसको नकारात्मक असर पर्न गएको भन्दै त्यस्ता बिषयमा सचेत गराउन पहल गरिदिन शिक्षा इकाई प्रमुख मार्फत ध्यानाकर्षण गरिएको जिल्ला स्तरीय नागरिक समाज सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यले बताउनु भएको छ ।

२ पृष्ठको १६ बुदे ध्यानाकर्षण पत्र बुझदै शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख सिब पण्डितले स्थानीय सरकार संग तथा अन्य सम्बन्धीत निकाय संग समन्वय गरी सुधारमा कार्यान्वयन गर्न तत्काल आफु लागी पर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कक्षा १२ सम्मको परिक्षा गराउन स्थानीय सरकारलाई राज्यले अधिकार प्रत्यायोजन गरेकोे कुरा बताउदै पण्डितले शिक्षा क्षेत्रलाई राम्रो बनाउन नागरिक समाजले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिएको बताउनु भएको थियो ।

जिल्लामा शैक्षिक क्षेत्र सुधार गर्न समसामयीक बिषयहरु उठान गरेका छौ यदि यो बिषयमा बेलैमा ध्यान नपु¥याएमा बिक्राल समस्या आउन सक्छ नागरिक समाज सञ्जालका सचिब लोकेन्द्र सुनारले बताउनु भएको छ । शिक्षाको ज्योती छर्ने ठाँउमा बाधा पुग्ने कुनै पनि कुरालाई बेलैमा समाधान गर्नुपर्ने सुनारले बताउनु भएको छ ।

हरप्लेस प्यूठानका जिल्ला अधिकृत पम्फा पन्तले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नागरिक समाजका जिल्ला अध्यक्ष नेत्रमणी आचार्य रहनु भएको थियो । जिल्लाका नागरिक समाजका अगुवा, पत्रकार, संघ सस्थाका प्रतिनिधिको टोलीले ध्यानाकर्षण पत्र बुझाएको थियो ।
ध्यानाकर्षण पत्र पुरै पढनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *