२०७८, २ चैत्र बुधबार १५:२६

घर भित्र पसेको भन्दै बालिकालाई २१ घण्टा बाधेर यातना

प्यूठान जागरण डटकम
रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरमा १२ वर्षीय बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिएको घटनाले यतिबेला मानव अधिकार तथा दलित अधिकारकर्मीहरुले कावार्हीको माग गदै बिरोध जनाएका छन । दलित बालिका गैैर दलितको घरभित्र प्रवेश गरेको भनी २१ घण्टासम्म नाम्लोले बाँधेर यातना दिएको बालिकाको परिवारले जनाएको ।

स्थानीय शेरबहादुर श्रेष्ठले आफ्नो घरमा दलित प्रवेश गरेको भनी छिमेकी १२ वर्षीय बालिकालाई लामो समय बाधेर यातना दिएको बालिकाको परिवारले बताएका छन । सोमबार अपराह्न ४ बजेदेखि मगलबार मध्यान्न १२ बजेसम्म श्रेष्ठले अवोध बालिकालाई बाँधेर यातना दिएको भन्दै दलित अधिकारकर्मीले कडा सजायको माग गदै बिरोध जनाएका छन । स्थानीय जनप्रतिनिधिले बालिकालाई छोडिदिन अनुरोध गर्दा समेत दलित घरभित्र पसेर अछुतो बनाइ दिएकाले घर चोख्याउने खर्च नदिए सम्म नछोड्ने भन्दै बाँधेर श्रेष्ठले राखेका थिए । नेपाली थरकी दलित बालिकाले घरभित्र पसेर दही चोरेकोले बाँधेर राखिएको श्रेष्ठको भनाई थियो ।

आफूले बालिकालाई छोडिदिन अनुरोध गर्दा घर अछुतो भएकाले घरको जिम्मा दिनुपर्ने, रुद्रिपूजा लगाइ दिनु पर्ने भन्दै छोड्न नमानेको मन्थली नगरपालिका वडा न.. ६ की सदस्य भक्तमाया श्रेष्ठले बताउनु भयो । बालिकालाई बाँधेर राखेको सूचनाको आधारमा घटनास्थल पुगेका प्रहरीले बालिकालाई बाँधेको नाम्लो खुस्काउन लगाएका थिए । प्रहरीले खुस्काउन भने पछिमात्र बालिकालाई बाँधेको नाम्लो घरधनी बालकुमारी श्रेष्ठले खोली दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!