२०७८, ८ चैत्र मंगलवार ०७:५७

स्वास्थ्यलाई चाहिने कुरा हाम्रै वरपर छन्ः सुबेदी

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, ७ । मानिसलाई चाहिने मुख्य कुराहरु नेपालको घरदेखी बनजङ्गल सम्म रहेको युर्टन इन्टरनेशनलका अध्यक्ष बलराम सुबेदीले बताउनु भएको छ । स्वास्थ्य तथा समृद्धि अभियानकोक्रममा प्यूठान आउनु भएका सुबेदीले महजन्य माहुरीबाट उत्पादित समानहरु आफुहरुले उत्पादन प्रसोधन गरी नेपाल लगायत अन्य मुलुकमा चिनाउन खाजेकोे बताउनु भएको थियो ।

२ वर्षमा युर्टनले १० हजारलाई रोजगारी दिएको कुरा स्मरण गराउदै अबका २ वर्षमा १० लाखलाई यर्टनले रोजगारमा जोडने योजना भएको बताउनु भएको थियो । स्वास्थ्यलाई चाहिने मुख्य कुरा हाम्रै वरपर छन, अझभन्नु पर्दा किशानको मह हामीले राष्ट्रिय अन्तराष्ट्रिय करण भएमा देशलाई नै फाइदा हुने बताउनु भएको थियो । धेरै रोजगार र्सिजना गर्न उद्योग स्थापना गर्न सबैलाई प्रेरित गर्नुपर्नेमा सुबेदीले जोड दिनु भएको थियो ।

कार्यक्रमका बिषेश अतिथि स्वर्गद्धारी क्याम्पसका प्रमुख गुन्ज बहादुर खडकाले स्वास्थ्य संग सम्बन्धीत भएकाले युर्टनका उत्पादित समानहरु निकै राम्रो भएको बताउनु भएको थियो । यसको बारेमा धेरै सचेतना जगाउनु पर्ने उहाँको भनाई रहेको थियो । कम्पनीका महेन्द्र बेलबासेले स्वास्थ्य एउटा संबेदशिल बिषय भएकाले राज्यको यस बिषयमा लगानी सहत ध्यान जानुपर्ने बताउनु भएको थियो । यस वर्षका उत्कृष्ट काम गरी कार बिजेता रोहिणी रिजालले आफ्ना अनुभव सुनाउदै अनुशासित भएर काममा लागे सफलता आफ्नै अगाडी रहेको बताउनु भएको थियो । जिल्लालाई बिश्वमा चिनाउन जडिबुटी मात्रै उत्पादन प्रसोधन गर्दा पनि हुन सक्ने सहभागीलाई युर्टनको सचेतना कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।

सोमबार होटल आयुष्मामा भएको कार्यक्रमको सञ्चालन कम्पनीका प्यूठान सिटी प्रमुख नेशनल डिस्टीभुटर नेत्रमणी आचार्यले गर्नु भएको कार्यक्रममा जिल्लामा चिउरीको बारेमा अनुसन्धान गर्ने, उद्योग स्थापना गर्न पहल गर्ने, उत्पादन गर्ने कुरामा ध्यान दिने लगायतका कुरामा युर्टनले सक्दो प्रयास गर्ने कुरामा सबै लाग्नुपर्ने योजना रहेको कम्पनीका प्यूठान सिटी प्रमुख नेत्रमणी आचार्यले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *