राजनितिक तथा प्रशासनिक क्षेत्रलाई दलित मैत्री बनाउन जोड
प्यूठान जागरण डटकम
चैत्र, ७ । सरकारले दलितको अबस्थामा खासै सुधार ल्याउन नसकेको प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनु भएको छ । सोमबार प्यूठानमा आयोजना भएको ५७ औ अन्तराष्ट्रि बिभेद बिरुद्धको कार्यक्रमलाई सोमबार सम्बोधन गदै अब राजनैतिक तथा प्रशासनिक क्षेत्रमा दलितका मुद्धामा टेबुल गर्नुपर्ने अबस्था सिर्जना भएको बताउनु भएको थियो । कक्षपतिले नाम मात्रका स्थानिय सरकार तर गर्ने अधिकार सबै नहुँदा स्थानिय तहमा सोचेका सबै काम गर्न नसकेको स्वीकार गर्नु भएको थियो ।
दलित जाति एकता भएर लागेमा मात्र जातिय छुवाछुत भेदभाव हटने गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुल्सा सुनारले बताउनु भएको छ । मानिसको रगत सबैको रातो छ हामी सबै मान्छेका सन्तान हौ भन्दै जातिय बिभेद बिरुद्ध आ–आफ्नो ठाँउबाट उठर बिरोध गर्न लाग्नु पर्ने आबस्यकता भएको बताउनु भएको थियो ।
कार्यक्रममा दलितहरुलाई समाजको पिधमा राखेर कुनै पनि हालतमा बिकास संम्भव नहुने सबै राजनैतिक दलका प्रतिनिधिहरुले बताएका थिए । हाम्रो देशको बिकासमा जातिय छुवाछुत पनि एक समस्याको रुपमा रहेको छ बोल्ने अधिकासं वक्ताहरुले बताएका थिए । राजनैतिक नेतृत्वका साथै राम्रो स्थान दिन विभिन्न पाटीहरु आफै जिम्मेवार भएर लाग्नुपर्ने राजनैतिक दलका प्रतिनिधिको भनाई रहेको थियो ।
राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले पहिलो दृष्टिकोण नै परिवर्तन गर्न आबस्यक रहेकाले शिक्षामा सबैलाई गोलबन्द गर्नेपर्ने बताउनु भएको थियो । चेतना नभएका कारण दिशा खाने कुकुरलाई घरभित्र मानवलाई घर बाहिर राखेर गैर दलितहरुले दलित माथि ठुलो अपमान र अपराध गरेको बताउनु भएको थियो । प्यूठानका पछिल्ला फौजदारी अन्तरगतका घटनामा दलित समुदायका व्यक्तिका घटना बढी आएकोमा दुख व्यक्त गदै सुनारले अब जागरण फैलाउन सबै लाग्नुपर्ने आबस्यकता भएको औल्याउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेबाट गिरु भण्डारी, नेपाली काग्रेसबाट प्रमोद पोख्रेल, नेकपा माओबादी केन्द्रबाट सरस्वती न्यौपाने, एकिकृत समाजबादीका जिल्ला अध्यक्ष भोजबिक्रम बुढामगर नेपाल दलित मुक्ति अभियानका लुम्बिनि प्रदेश सचिव शंसेर नेपाली बोल्नु भएको थियो । यस्तै दलित अधिकार कर्मी सुनिल सापकोटा, पत्रकार महासंघ प्यूठानका सहसचिव राम बहादुर बिक लगायतले मन्तव्य राखेका थिए । कलाकारहरु अर्जुन गन्धर्व, पूर्ण गन्धर्व, कुमार गन्धर्व, धु्रब गन्धर्वले जात बनाउने काहाँ गए राजा, त्यही कारण मो¥याथे नवराज शिर्षकको मर्मस्पर्सी भाव बोकेको दलित सम्बन्धी गीत प्रस्तुत गरेका थिए ।
छुवाछुत भेदभावको अन्त्य गरौ, छुवाछुत मुक्त समाज निमार्ण गरौ, सबै प्रकारका विभेद अन्त्य गरौ लगायतका नारा लेखिएको प्लेकाड सहित प्यूठानका सबै स्थानीय तहका प्रतिनिधि सहभागी रहेको कार्यक्रमको झाकि सहितको ¥याली बिजुवार बजार जुम्री हुदै होटल आयुष्मा गई कार्यक्रममा परिणत भएको थियो । नेपाल दलित मुक्ति अभियान प्यूठानको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अभियानका प्यूठान अध्यक्ष प्रविन बि.कको रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति, बिषेश अतिथि गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुल्सा सुनार रहनु भएको कार्यक्रमको स्वागत मन्तव्य अभियानका अर्जुन गन्धर्वको थियो भने सञ्चालन अभियानका प्यूठान सचिव धु्रव गन्धर्वको रहेको थियो । बाग्दुलाबाट मोटरसाइकल ¥याली समेत गरीएको नेपाल दलित मुक्ति अभियान प्यूठानले जनाएको छ ।